Thursday, June 4, 2026

समाजवादी मोर्चा गुल्मीले अध्यादेशको कडा विरोध गर्ने

0

माघ ३०,२०८१ गुल्मीः समाजवादी मोर्चा गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ ।
सदरमुकाम तम्घासस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न बैठकले समाजवादलाई मान्ने विभिन्न राजनीतिक दल, समूह तथा बुद्धिजीवी र व्यक्तिहरुसँग छलफललाई फराकिलो बनाउने र मोर्चामा सम्बद्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी अहिले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने, जिल्लामा भइरहेका विकास निर्माण र प्रशासनीक क्षेत्रमा भएका विसंगतिको बिरोध गर्ने, छत्रकोट गाउँपालिका (०४ श्रृगांमा रहेको श्रृगां माविको परीक्षा केन्द्र सार्ने निर्णयबारे अध्ययन गरि धारणासहित पहलकदमी निर्णय लिने निर्णय गरेको छ ।

बैठकले समाजवादी केन्द्र गुल्मीकोे नेतृृत्व नेकपाका जिल्ला इन्चार्ज खोमा सीलाई प्रदान गरेको माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले जानकारी दिए ।
यसअघि समाजवादी मोर्चा गुल्मीको संयोजकमा माओवादी केन्द्रका युवराज केसी रहेका थिए ।

माओवादी केन्द्र चन्द्रकोटको अध्यक्षमा गोकर्ण शर्मा

0

माघ २६,२०८१ गुल्मीः नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा गोकर्ण शर्मा निर्वाचित हुनुभएको छ ।

शनिवार सम्पन्न तेस्रो पालिका अधिवेशनले उहाँलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

शर्माको नेतृत्वमा ४५ सदस्य रहेको पालिका कमिटि चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा बाबुराम बोहोरा,ओमप्रकाश भण्डारी र सुशिला पुन रहनुभएको छ ।

सचिवमा लक्ष्मण अर्याल,सहसचिवमा हिमाल पुन मगर र कोषाध्यक्षमा टीकाबहादुर नेपाली रहेको नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाले जनाएको छ ।

अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गर्नुभएको थियो ।

राम्रो कार्य गर्दा प्रचण्ड नेतृत्वको सरकार ढल्यो : वर्षमान पुन

0

तिलाचन पाण्डे
माघ २६,२०८१ गुल्मीः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले राम्रो कार्य गर्दा प्रचण्ड नेतृत्वको सरकार ढलेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाको तेस्रो अधिवेशनको उद्घाटन गर्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासनलगायतका कार्यहरु गर्दै गर्दा ढलेको उहाँको भनाइ छ । अनुसन्धानका निकायहरुले अनुसन्धान गर्दै गर्दा प्रचण्डको नाम कतै फेला परेपनि नछाड्न निर्देशन दिने प्रचण्ड मात्रै भएको उहाँले बताउनुभयो । बर्तमान सरकारले सत्तावाहिरका प्रतिपक्षलाई छानेर फरक दृष्टिकोणले हेर्ने गरेको उहाँको भनाइ छ ।
सत्तामा रहेका दलका नेता तथा कार्यकर्ताहरुलाई बचाउन लाग्ने र अरुलाई खोजीखोजी कारवाही गर्ने नियत गलत भएको उहाँले बताउनुभयो ।

वर्तमान सरकार विचौलियाको भरमा बनेको बताउँदै जनताको पक्षमा काम गर्न नसक्ने उहाँको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारले देशका भ्रष्ट्राचारीहरुलाई एकाएक जेल कोच्न थालेपछि आफूहरु पनि जुन सुकै समयमा जेलमा जान सक्ने भएकाले विचौलियाको भरमा सरकार ढालेको उहाँको दाबी छ ।

यस्तै लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले भ्रष्ट्राचारीहरुलाई जोगाउनका लागि बनेको सरकारले जनताको पक्षमा काम गर्नै नसक्ने ठोकुवा गर्नुभयो । राम्रो काम गर्दा सरकार ढलेको बताउँदै उहाँले काँग्रेस एमालेका धेरै नेता तथा कार्यकर्ताहरुलाई बचाउनका लागि बर्तमान सरकार गठन भएको उहाँको दाबी छ ।

सोही कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चा गुल्मीको छैठौँ जिल्ला सम्मेनल पनि सम्पन्न भएको थियो ।

माओवादी केन्द्र सत्यवती गुल्मीको अध्यक्षमा पुनः यमबहादुर तरामु

0

माघ २०,२०८१ गुल्मी : नेकपा माओवादी केन्द्र सत्यवती गुल्मीको अध्यक्षमा पुनः यमबहादुर तरामु निर्वाचित हुनुभएको छ ।

तेस्रो गाउँ अधिवेशनले तरामुलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । जसको उपाध्यक्षहरुमा हुमी सिंजाली,लालु थापा र घनश्याम विश्वकर्मा रहनुभएको छ । यस्तै सचिवमा रिसी भण्डारी,सहसचिवमा बाबुराम ज्ञवाली र कोषाध्यक्षमा सुमित्रा नेपाली निर्वाचित भएको गाउँकमिटिले जनाएको छ ।

शनिवार उद्घाटन सत्रको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बरालले वर्तमान सरकार भ्रष्ट्रचारीहरुलाई संरक्षण गर्नका लागि बनेको बताउनुभयो । प्रचण्ड सरकारले भ्रष्ट्रचारीहरुलाई जेल कोच्न थालेपछि रातारात विचौलीयाको घरमा बसेर आफूहरु पनि जेलमा जान सक्ने भयले सरकार परिवर्तन गरेको उहाँको दाबी छ ।

कार्यक्रममा सहिद परिवार र पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको थियो ।

माओवादीप्रति जनताको बिश्वास बढेको छ: सुदर्शन बराल

0

माघ १९,२०८१ गुल्मी :नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले माओबादी प्रति जनबिस्वास बढेको बताउनु भएको छ।

सत्यवती गाउँ समिति गुल्मीको तेस्रो गाउँ अधिवेशनको उदघाटन गर्दै बरालले माओबादीले जनताको बिस्वास जितेकाले नै पार्टीप्रति जनताको बिस्वास बढेको उहाँको तर्क छ।

पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारीहरुलाइ जेलमा कोच्ने काम गरेको र सुशासन कायम गर्ने काम गरेकाले अहिले जनताको लहर माओवादी केन्द्रित भएको उहाँको भनाइ छ।

काग्रेस एमालेको सरकार जनताको काम गर्न नभई भ्रष्टाचारीहरुलाइ बचाउनका लागि भएकाले अरु केही गर्न नसक्ने उहाँले बताउनुभयो।
आफुहरु पनि जेलमा जान सक्ने भएकाले प्रचण्ड नेतृत्वको सरकार ढालेको उहाँको भनाइ छ।

जनताको सुख दु:खमा साथ दिने पार्टी नै माओवादी भएको दाबी गर्दै उहाँले सरकारमा हुँदा वा बाहिर हुँदा पनि जनताको साथमा माओबादी रहेको उहाँले बताउनुभयो।

गुल्मीमा जनमोर्चाका केन्द्रिय सदस्यसहित ७९ जना माओवादी केन्द्रमा प्रवेश

0

माघ १८,२०८१ गुल्मीः राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य भिमबहादुर तारामीसहित ७९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार कालीगण्डकी गाउँपालिका वडा नम्वर ६ खडगकोटमा तारामीसहित विभिन्न कमिटिमा क्रियाशिल ७९ जना पार्टीमा प्रवेश गरेको माओवादी कालीगण्डकी गाउँपालिकाका अध्यक्ष मोहोनीलाल भट्टराइले जानकारी दिनुभयो ।


तारामीसहित ७९ जनालाई माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो । गाउँदेखी शहरसम्म सबै अट्ने र जनताको सुख दुःखमा साथ दिने पार्टी नै माओवादी भएको उहाँको भनाइ छ ।

गाउँको विकास गर्ने र सुख दुःखमा साथ दिने पार्टी माओवादी केन्द्र भएकाले पार्टी प्रवेश गर्नेको लहर नै लागेको उहाँले बताउनुभयो ।


गुल्मी जिल्ला सल्लाहाकार अर्जुन ढकालको अध्यक्षता, लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुदर्शन बराललको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कमिटिका सदस्य लीलबहादुर केसी (सञ्जय) को उपस्थितिमा कार्यक्रमको सञ्चालन मोहोनीलाल भट्टराईले गर्नुभएको थियो ।

रेसुङगा क्षेत्रको अवलोकन गर्नेमा वृद्धि

0
गर्जुरा पार्कमा रमाउँदै आन्तरिक पर्यटक तस्बिर : तिलाचन पाण्डे

माघ १४,२०८१ गुल्मीः धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङगा अवलोकनमा आन्तरिक तथा वाह्य पर्यटकहरुको वृद्धि भएको छ ।

यस आर्थिक वर्षको सुरुदेखी हालसम्म ५० हजार बढीले रेसुङगा क्षेत्रको भ्रमण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो । नगरले स्थापना गरेको पर्यटन सूचना केन्द्रको अभिलेख अनुसार राजनीतिक दल, राष्ट्रिय स्तरका कलाकार, पत्रकार,ब्यवसायी, धर्म तथा पर्यटनमा रुची राख्ने धार्मिक तिर्थालु, आन्तरिक तथा वाहय पर्यटक गरी कुल ५० हजार बढीले यस क्षेत्रको अवलोकन गरेको तथ्याङकमा उल्लेख छ । नगरले सञ्चालन गरेको जाँउ हिँड रेसुङगा अभियान प्रभावकारी भएको बताउँदै यस अभियानलाई निरन्तरता दिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

नगरले सञ्चालन गरेको जाँउ हिँड रेसुङगा अभियानले गर्जुरा पार्क,अर्जुन क्षेत्र , उनायचौरको ट्रि हाउस,धुर्कोटको विचित्र गुफा,भुवाने पार्क ,तम्घास थान मन्दिरमा चहलपहल बढेको बताउँदै आर्थिक गतिविधिहरु पनि चलायमान भएको उहाँको दाबी छ ।

यस क्षेत्रको विकास र प्रचार प्रसारका लागि नगरले पहिलो प्राथमिकता दिएर काम गरेकाले यस अभियानमा सबैको साथ आवश्यक रहेको उहाँको भनाइ छ । यस क्षेत्रमा गर्जुराको पानी ट्याङकीदेखी गर्जुरा पार्कसम्म जिपलाइन निर्माणको कार्य पनि अगाडि बढेकाले पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने नगरले विश्वास लिएको छ ।

एक करोड बढी राजस्व सङकलन

चालु आर्थिक वर्षको हालसम्म नगरपालिकाले एक करोड छ हजार ११४ रुपियाँ राजस्व सङकलन गरेको छ । यस आर्थिक वर्षमा एक करोड ८० लाख रुपियाँ आन्तरिक राजस्व उठाउने लक्ष्य लिएकोमा झण्डै ५६ प्रतिशत राजस्व सङकलन भइसकेको नगरपालिकाको आन्तरिक राजस्व शाखाले जनाएको छ ।

इस्मामा स्थानीय ब्यवसाय दर्ता र वन विधेयक गाउँ सभामा पेस

0

तिलाचन पाण्डे
माघ ७,२०८१ गुल्मी : इस्मा गाउँपालिकाले स्थानीय वन विधेयक र ब्यवसाय दर्ता विधेयक गाउँसभाको १७ औँ अधिवेशनमा पेस गरेको छ ।

सोमबार गाउँ सभाको १७ औँ अधिवेशनमा स्थानीय वन विधेयक २०८१ वन तथा वातावरण विपद् ब्यबस्थापन समितिका संयोजक लोकनाथ आचार्य र स्थानीय ब्यवसाय दर्ता तथा नविकरण विधेयक २०८१ विधायन समितिका संयोजक झबिन्द्र अर्यालले पेस गर्नुभएको हो ।

सभामा पेस भएको विधेयक माथि संशोधन प्रस्ताव राख्ने गाउँसभाका सदस्यहरुका लागि ७२ घण्टाको समय अवधि प्रदान गरिएको सभाका अध्यक्ष भगतसिंह खडकाले बताउनुभयो । संशोधन प्रस्ताव सचिवालय मार्फत टिपाउन सकिने गरी ब्यबस्था गरिएको उहाँले बताउनुभयो ।

सभामा न्यायीक समितिका संयोजक तथा उपाध्यक्ष पार्वती कुँवरले न्यायीक समितिले यस आर्थिक वर्षमा गरेका कार्यहरुको प्रगति पेस गर्नुभएको थियो । यसका साथै पालिकाले सम्पादन गरेका कार्यहरुको प्रगति पनि सभामा पेस गरी सर्वसम्मत रुपमा पास भएको थियो ।

कनौटामा शनिवारे हाटबजार सञ्चालन

0

माघ ६,२०८१ गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर तीन कनौटामा शनिवारे हाटबजार सञ्चालनमा आएको छ ।
पुर्तिघाट बजार ब्यबस्थापन समिति र इन्नोेभेटिभ बहुउद्येश्यीय एग्रिकल्चर उत्पादन समूहले हाटबजार सञ्चालनमा ल्याएको हो ।

कृषकले उत्पादन गरेका कृषि उपजलाई हाटबजारमा ल्याइ सहज रुपमा बिक्री वितरण गर्ने उद्येश्यले हाट बजार सञ्चालनमा ल्याएको बजार ब्यबस्थापन समितिका अध्यक्ष बिबी सुब्बाले जानकारी दिनुभयो ।

किसानले उचित मूल्य पाउँने र बिचौलीयाको मारमा पर्न नपर्ने इन्नोेभेटिभ बहुउद्येश्यीय एग्रिकल्चर उत्पादन समूहका सल्लाहाकार लिलबहादुर केसी (सञ्जय) ले दाबी गर्नुभयो । हाटबजारलाई संकलन केन्द्रको रुपमा बिस्तार गर्दै लैजाने गरी आफूहरुले तयारी गरेको उहाँले बताउनुभयो ।

हाटबजारको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा र उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै उहाँहरुले कृषकहरुलाइ उत्पादनमा जोड दिनका लागि आग्रह गर्नुभएको छ ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीलायतको उपस्थिती रहेको थियो । कार्यक्रम बजार ब्यबस्थापन समितिका अध्यक्ष बिबी सुब्बाको अध्यक्षतामा इन्नोेभेटिभ बहुउद्येश्यीय एग्रिकल्चर उत्पादन समूहका सल्लाहाकार लिलबहादुर केसी (सञ्जय) ले सञ्चालन गर्नुभएको थियो ।

कृषकलाई सुन्तलाको जुस, जाम र जेली बनाउने तालिम प्रदान

0

तिलाचन पाण्डे
तम्घास,माघ ५ गते । सुन्तला कृषकहरुलाई जुस, जाम र जेली बनाउने तालिम प्रदान गरिएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाले सुन्तला कृषकहरुलाई जुस,जाम र जेली बनाउने तालिम प्रदान गरिएको कालीगण्डकी गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

कृषि प्राविधिक देववहादुर सुनारका अनुसार सुन्तला कृषकले बिक्री नभएका सुन्तलाहरुलाई सदुपयोग गर्न सकुन भन्ने उद्येश्यले जुस,जाम जेली बनाउने तालिमलाई प्राथमिकता दिएको बताउनुभयो । अहिले हर्मिचौर र अर्वेनीको माथिल्लो बस्तीका सुन्तला कृषक र जयखानी लम्सराङका कृषकहरुलाई उक्त तालिम प्रदान गरिएको सुनारले बताउनुभयो ।

सुन्तलालाई लामो समयसम्म बोटमै राख्न नसकिने भएकाले जुस, जाम र जेली बनाएर बजारमा पठाउन सक्दा राम्रो आम्दामी गर्न सक्ने भएकाले उक्त तालिम प्रदान गरिएको उहाँको भनाई छ । कृषकहरुलाई थप आर्थिक रुपमा सम्पन्न बनाउनका लागि लुम्बिनी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम र गाउँपालिकाको साझेदारीमा गरिएको कार्यक्रमले स्वरोजगार बनाउने गरी पालिकाले काम गरेको सुनारले बताउनुभयो ।

अहिले प्रदान गरिएको तालिमले समूह र सहकारी मार्फत जुस र जाम बनाई उत्पादित लोगोसहित बजारमा ल्याउने योजना रहेको कृषि शाखाले जनाएको छ । यसका साथै अन्य स्थानमा पनि तालिमहरु प्रदान गर्ने गरी आफूहरुले तयारी गरेको कृषि शाखाले जनाएको छ ।
तालिम प्रभावकारी भएको अर्वेनीका सुन्तला कृषक लक्ष्मीपति न्यौपानेले बताउनुभयो । यस्तै तालिमहरुलाई निरन्तरता दिन र कृषकका समस्याहरु बुझेर नीति निर्माण गर्नका लागि उहाँले पालिकालाई सुझावसमेत दिनुभएको छ ।

कालीगण्डकी गाउँपालिकाले सुन्तला लगाउनका लागि मापदण्ड अनुसार खाँडल खन्ने कृषकहरुलाई अनुदान दिने ब्यवस्था गरेको अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । यसका साथै कृषकले उत्पादन गरेका कृर्षी उपजलाई बजारीकरण गर्नका लागि पनि योजना बनाएको उहाँको दाबी छ ।