इस्मामा स्थानीय ब्यवसाय दर्ता र वन विधेयक गाउँ सभामा पेस

0
58

तिलाचन पाण्डे
माघ ७,२०८१ गुल्मी : इस्मा गाउँपालिकाले स्थानीय वन विधेयक र ब्यवसाय दर्ता विधेयक गाउँसभाको १७ औँ अधिवेशनमा पेस गरेको छ ।

सोमबार गाउँ सभाको १७ औँ अधिवेशनमा स्थानीय वन विधेयक २०८१ वन तथा वातावरण विपद् ब्यबस्थापन समितिका संयोजक लोकनाथ आचार्य र स्थानीय ब्यवसाय दर्ता तथा नविकरण विधेयक २०८१ विधायन समितिका संयोजक झबिन्द्र अर्यालले पेस गर्नुभएको हो ।

सभामा पेस भएको विधेयक माथि संशोधन प्रस्ताव राख्ने गाउँसभाका सदस्यहरुका लागि ७२ घण्टाको समय अवधि प्रदान गरिएको सभाका अध्यक्ष भगतसिंह खडकाले बताउनुभयो । संशोधन प्रस्ताव सचिवालय मार्फत टिपाउन सकिने गरी ब्यबस्था गरिएको उहाँले बताउनुभयो ।

सभामा न्यायीक समितिका संयोजक तथा उपाध्यक्ष पार्वती कुँवरले न्यायीक समितिले यस आर्थिक वर्षमा गरेका कार्यहरुको प्रगति पेस गर्नुभएको थियो । यसका साथै पालिकाले सम्पादन गरेका कार्यहरुको प्रगति पनि सभामा पेस गरी सर्वसम्मत रुपमा पास भएको थियो ।

SHARE