
माघ ३०,२०८१ गुल्मीः समाजवादी मोर्चा गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ ।
सदरमुकाम तम्घासस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न बैठकले समाजवादलाई मान्ने विभिन्न राजनीतिक दल, समूह तथा बुद्धिजीवी र व्यक्तिहरुसँग छलफललाई फराकिलो बनाउने र मोर्चामा सम्बद्ध गराउने निर्णय गरेको छ ।


त्यसैगरी अहिले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने, जिल्लामा भइरहेका विकास निर्माण र प्रशासनीक क्षेत्रमा भएका विसंगतिको बिरोध गर्ने, छत्रकोट गाउँपालिका (०४ श्रृगांमा रहेको श्रृगां माविको परीक्षा केन्द्र सार्ने निर्णयबारे अध्ययन गरि धारणासहित पहलकदमी निर्णय लिने निर्णय गरेको छ ।
बैठकले समाजवादी केन्द्र गुल्मीकोे नेतृृत्व नेकपाका जिल्ला इन्चार्ज खोमा सीलाई प्रदान गरेको माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले जानकारी दिए ।
यसअघि समाजवादी मोर्चा गुल्मीको संयोजकमा माओवादी केन्द्रका युवराज केसी रहेका थिए ।
