
माघ २६,२०८१ गुल्मीः नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा गोकर्ण शर्मा निर्वाचित हुनुभएको छ ।


शनिवार सम्पन्न तेस्रो पालिका अधिवेशनले उहाँलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
शर्माको नेतृत्वमा ४५ सदस्य रहेको पालिका कमिटि चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा बाबुराम बोहोरा,ओमप्रकाश भण्डारी र सुशिला पुन रहनुभएको छ ।

सचिवमा लक्ष्मण अर्याल,सहसचिवमा हिमाल पुन मगर र कोषाध्यक्षमा टीकाबहादुर नेपाली रहेको नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाले जनाएको छ ।
अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गर्नुभएको थियो ।