कनौटामा शनिवारे हाटबजार सञ्चालन

0
46

माघ ६,२०८१ गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर तीन कनौटामा शनिवारे हाटबजार सञ्चालनमा आएको छ ।
पुर्तिघाट बजार ब्यबस्थापन समिति र इन्नोेभेटिभ बहुउद्येश्यीय एग्रिकल्चर उत्पादन समूहले हाटबजार सञ्चालनमा ल्याएको हो ।

कृषकले उत्पादन गरेका कृषि उपजलाई हाटबजारमा ल्याइ सहज रुपमा बिक्री वितरण गर्ने उद्येश्यले हाट बजार सञ्चालनमा ल्याएको बजार ब्यबस्थापन समितिका अध्यक्ष बिबी सुब्बाले जानकारी दिनुभयो ।

किसानले उचित मूल्य पाउँने र बिचौलीयाको मारमा पर्न नपर्ने इन्नोेभेटिभ बहुउद्येश्यीय एग्रिकल्चर उत्पादन समूहका सल्लाहाकार लिलबहादुर केसी (सञ्जय) ले दाबी गर्नुभयो । हाटबजारलाई संकलन केन्द्रको रुपमा बिस्तार गर्दै लैजाने गरी आफूहरुले तयारी गरेको उहाँले बताउनुभयो ।

हाटबजारको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा र उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै उहाँहरुले कृषकहरुलाइ उत्पादनमा जोड दिनका लागि आग्रह गर्नुभएको छ ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीलायतको उपस्थिती रहेको थियो । कार्यक्रम बजार ब्यबस्थापन समितिका अध्यक्ष बिबी सुब्बाको अध्यक्षतामा इन्नोेभेटिभ बहुउद्येश्यीय एग्रिकल्चर उत्पादन समूहका सल्लाहाकार लिलबहादुर केसी (सञ्जय) ले सञ्चालन गर्नुभएको थियो ।

SHARE