
माघ १८,२०८१ गुल्मीः राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य भिमबहादुर तारामीसहित ७९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


शुक्रबार कालीगण्डकी गाउँपालिका वडा नम्वर ६ खडगकोटमा तारामीसहित विभिन्न कमिटिमा क्रियाशिल ७९ जना पार्टीमा प्रवेश गरेको माओवादी कालीगण्डकी गाउँपालिकाका अध्यक्ष मोहोनीलाल भट्टराइले जानकारी दिनुभयो ।
तारामीसहित ७९ जनालाई माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो । गाउँदेखी शहरसम्म सबै अट्ने र जनताको सुख दुःखमा साथ दिने पार्टी नै माओवादी भएको उहाँको भनाइ छ ।

गाउँको विकास गर्ने र सुख दुःखमा साथ दिने पार्टी माओवादी केन्द्र भएकाले पार्टी प्रवेश गर्नेको लहर नै लागेको उहाँले बताउनुभयो ।
गुल्मी जिल्ला सल्लाहाकार अर्जुन ढकालको अध्यक्षता, लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुदर्शन बराललको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कमिटिका सदस्य लीलबहादुर केसी (सञ्जय) को उपस्थितिमा कार्यक्रमको सञ्चालन मोहोनीलाल भट्टराईले गर्नुभएको थियो ।