माओवादीप्रति जनताको बिश्वास बढेको छ: सुदर्शन बराल

0
77

माघ १९,२०८१ गुल्मी :नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले माओबादी प्रति जनबिस्वास बढेको बताउनु भएको छ।

सत्यवती गाउँ समिति गुल्मीको तेस्रो गाउँ अधिवेशनको उदघाटन गर्दै बरालले माओबादीले जनताको बिस्वास जितेकाले नै पार्टीप्रति जनताको बिस्वास बढेको उहाँको तर्क छ।

पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारीहरुलाइ जेलमा कोच्ने काम गरेको र सुशासन कायम गर्ने काम गरेकाले अहिले जनताको लहर माओवादी केन्द्रित भएको उहाँको भनाइ छ।

काग्रेस एमालेको सरकार जनताको काम गर्न नभई भ्रष्टाचारीहरुलाइ बचाउनका लागि भएकाले अरु केही गर्न नसक्ने उहाँले बताउनुभयो।
आफुहरु पनि जेलमा जान सक्ने भएकाले प्रचण्ड नेतृत्वको सरकार ढालेको उहाँको भनाइ छ।

जनताको सुख दु:खमा साथ दिने पार्टी नै माओवादी भएको दाबी गर्दै उहाँले सरकारमा हुँदा वा बाहिर हुँदा पनि जनताको साथमा माओबादी रहेको उहाँले बताउनुभयो।

SHARE