
माघ २०,२०८१ गुल्मी : नेकपा माओवादी केन्द्र सत्यवती गुल्मीको अध्यक्षमा पुनः यमबहादुर तरामु निर्वाचित हुनुभएको छ ।


तेस्रो गाउँ अधिवेशनले तरामुलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । जसको उपाध्यक्षहरुमा हुमी सिंजाली,लालु थापा र घनश्याम विश्वकर्मा रहनुभएको छ । यस्तै सचिवमा रिसी भण्डारी,सहसचिवमा बाबुराम ज्ञवाली र कोषाध्यक्षमा सुमित्रा नेपाली निर्वाचित भएको गाउँकमिटिले जनाएको छ ।
शनिवार उद्घाटन सत्रको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बरालले वर्तमान सरकार भ्रष्ट्रचारीहरुलाई संरक्षण गर्नका लागि बनेको बताउनुभयो । प्रचण्ड सरकारले भ्रष्ट्रचारीहरुलाई जेल कोच्न थालेपछि रातारात विचौलीयाको घरमा बसेर आफूहरु पनि जेलमा जान सक्ने भयले सरकार परिवर्तन गरेको उहाँको दाबी छ ।

कार्यक्रममा सहिद परिवार र पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको थियो ।