Thursday, June 4, 2026

सुनको मूल्य झण्डै दुई लाख

0

साउन ७,२०८२ काठमाडौँ : सुनको मूल्य झण्डै दुई लाख नजिक पुगेको छ ।

बुधबार सुन दुई हजार एक सय रुपैयाँले वृद्धि भएसँगै १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यवृद्धिसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ।

बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गुल्मीमा एक हप्तामा १८० जनाले राहदानी बनाए, नौ लाख बढी राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

खबर मार्केट
असार २१,२०८२ गुल्मी :गुल्मीमा एक हप्ताको अवधिमा १८० जनाले राहदानी बनाएका छन् ।

गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा १८० जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जसबाट नौ लाख ३५ हजार रुपियाँ राजस्व सङकलन भएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा १५२जनाले नयाँ नागरिकता बनाउँदा ११५ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र नौ , राहदानीका लागि आवेदन सङकलन १८० , राहदानी वितरण २१४, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३९३, परिचयपत्र वितरण ३१३ र ४२ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

एसइई नतिजामा कालीगण्डकीमा दिवस राना उत्कृष्ट

0

असार १७,२०८२ गुल्मी : गत शुक्रबार प्रकाशन भएको एसइई नतिजामा कालीगण्डकी गाउँपालिकाको नजिता अनुसार देउराली माध्यमिक विद्यालयका छात्र दिवस राना उत्कृष्ट भएका छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्वर एकमा रहेको देउराली माध्यमिक विद्यालयमा अध्ययनरत छात्र दिवस रानाले ३ दशमलव ७८ जिपीए ल्याएर उनी पालिका भित्रकै उत्कृष्ट भएका हुन् । रानाले देउराली माध्यमिक विद्यालयको सिर उच्च राख्नमा सफल भएकोमा विद्यालय परिवार हर्षित भएको पूर्व शिक्षक तिलक रानाले बताउनुभयो ।

विकटका विद्यालयमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेको यस नतिजाले प्रमाणीत गरेको उहाँको दाबी छ । साथै ग्रामीण विद्यालयमा हुने राजनीतिकरण र हेर्ने दृष्टिकोणमा परिवर्तन भएमा अझ अब्बल नतिजा ल्याउन सक्नेमा कुनै शंका नरहेको उहाँको भनाइ छ ।

पालिका भित्र रहेका साधरण तर्फका १७९ जनामा ७३ जना र प्राविधिक तर्फका २२ जनामा १५ जना उतीर्ण भएको कालीगण्डकी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पालिका भित्रबाट नियमित तर्फ कुल २०१ जना विद्यार्थीहरु एसइई परीक्षामा सामेल भएका थिए ।

प्रेस सेन्टर गुल्मीद्धारा सबै पालिकामा सुझाव पेश

0

गुल्मी : प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीले जिल्लाका सबै पालिकामा सुझाव पेश गरेको छ ।

आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटमा पत्रकार, संचारकर्मी एवं संचारमाध्यमका विभिन्न हीतका माग राख्दै पालिकामा सुझाव पत्र पेश गरिएको हो । जिल्लाको रुरुक्षेत्र, धुर्कोट, छत्रकोट, रेसुङ्गा र गुल्मीदरबारमा भौतिक रुपमै उपस्थित भएर सुझाव पत्र प्रदान गरिएको छ भने अन्य पालिकामा इमेलमार्फत सुझाव पत्र पेश गरिएको संगठनका जिल्ला अध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिनुभयो ।

पालिकाले संचार नीति ल्याउने र त्यसमा पालिका एवं जिल्लाका संचार माध्यमको विवरण संकलन, आर्थिक स्थिति, कर्मचारी संख्या, संचारमाध्यमको प्रभावकारिता लगायतका बिषय अध्ययन गर्ने र त्यसको आधारमा कार्यविधि बनाई अनुदानका कार्यक्रम संचालन गर्नुपर्ने सेन्टरको सुझाव रहेको छ । त्यसमा गुल्मी जिल्लालाई आधार बनाएर संचालन भइरहेका अनलाईनलाई समेत समेट्न आग्रह गरिएको छ ।

जिल्लामा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने पत्रकारहरुलाई छात्रबृत्तीको व्यवस्था गर्नुपर्ने, स्थानीय पत्रकारहरुको निःशुल्क स्वास्थ्य र दुर्घटना बीमा गरिदिनुपर्ने, संचारमाध्यमको हकमा चट्याङ, हावाहुरी तथा प्राकृतिक विपत्तीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संचारमाध्यमको सम्पत्ती बीमा गर्न सेन्टरले सुझाव दिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी संचारमाध्यमलाई उकरण खरिदमा अनुदानको व्यवस्था, विज्ञापन तथा सूचनाको लागि पालिकाभित्र संचालन भएका मिडियालाई पहिलो प्राथमिकता, पालिकाले प्रत्येक चौमासिक रुपमा पत्रकार सम्मेलनमार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्नुपर्ने, संचार क्षेत्रमा बिनियोजन भएको बजेट अन्य क्षेत्रमा खर्च गर्न नहुने एवं पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि क्षमता विकाससम्बन्धि तालिमहरु संचालन गर्नुपर्ने लगायतका सुझाव प्रेस सेन्टर गुल्मीले दिएको छ ।

देश संघीय संरचनामा गइसकेपछि विकासका थुप्रै काम भएपनि सरकारले उचित ढंगले प्रचार गर्न नसकेको भन्दै अध्यक्ष पोखरेलले त्यस्ता गतिविधि बाहिर ल्याउने संचारमाध्यम आफै समस्यामा भएकोले उनीहरुको आर्थिक स्थितिलाई सुधार ल्याउने उदेश्यले सुझाव पत्र पेश गरिएको जानकारी दिए । अहिलेसम्म नीति कार्यक्रम ल्याएका पालिकाले आफुहरुले दिएकामध्ये केही सुझाव नीति कार्यक्रममा समेटेको पनि अध्यक्ष पोखरेलले बताउनुभयो ।

जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेलाबाट गठन भएको पत्रकारहरुको संगठन नै हालको प्रेस सेन्टर हो । जनपक्षिय पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित भएको प्रेस सेन्टरले पत्रकार, संचारकर्मी एवं संचारमाध्यमका हकहीत र अधिकारका बिषयमा निरन्तर आवाज उठाउदैँ आएको छ ।

कालीगण्डकी गुल्मीको बजेट ५७ करोड दुई लाख

0

तिलाचन पाण्डे
असार,१०,२०८२ गुल्मी ः कालीगण्डकी गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागि ५७ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले आगामी आर्थिक वर्षका लागि ५७ करोड दुई लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । जसमध्ये चालु तर्फ ३८ करोड ३४ लाख २० हजार रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ६८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।


बजेटले स्थानीय आवश्यकतालाई प्राथमिकता दिएको छ । बजेटले कृषि तथा पशुपालन, अधुरा योजनाहरु सम्पन्न, आधारभूत र सुरक्षित खानेपानी तथा सरसफाई, सुन्तला जातका फलफूल उत्पादन, शिक्षा र स्वास्थ्यमा सुधार, मुख्य सडकहरुको स्तरोन्तीलगायतका विषयलाई प्राथमिकता दिएको छ ।

गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

0

अनिल खत्री
असार ३,२०८२ गुल्मीः गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल अब ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै व्यावसायिकिकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो । २५ किलोग्रामको बोरामा प्याक गरिएको चामललाई धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच चामल प्याकेजिङ कार्यको शुभारम्भ गर्नुभयो ।

यस कार्यमा धुर्कोट गाउँपालिकाको सक्रिय सहयोग तथा हेफर नेपालको प्राविधिक साथ रहेको बताइएको छ । २५ किलाको बोरालाई २ हजार ५ सयमा बेच्ने गरि मुल्य तयार गरिएको छ । स्थानीय धानको चामल भएकाले यसको माग धेरै रहेको उहाँको भनाइ छ ।

चामल प्याकिङ तथा बजारीकरण शुभारम्भ कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस कार्यले कृषकहरूको आत्मविश्वास बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनलाई व्यवस्थित तरिकाले व्यापारमा रूपान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

यो प्रयासले भविष्यमा धुर्कोट गाउँपालिकालाई चामल उत्पादनको ‘हब’का रूपमा चिनाउने मात्र नभइ राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने उहाँको भनाइ छ । स्थानीय उत्पादनलाई ब्राण्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटे चामललाई गाउँपालिकाको गौरवमूलक उत्पादनको रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुलाई पहिचान दिलाउँदै बजार विस्तार गर्ने यो प्रयासले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै कृषि क्षेत्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको पोखरेलको भनाइ छ ।

अध्यक्ष पोखरेलले धुर्कोटे चामललाई गाउँपालिकाको एक पहिचानको रूपमा स्थापित गर्न सकिने भन्दै यसले कृषकहरूको जीवनस्तर उकास्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।अब हामीले केवल उत्पादनमा सीमित भएर बस्न हुँदैन,उहाँले भन्नुभयो “बजारसम्म पु¥याउने, पहिचान बनाउने र उपभोक्तालाई गुणस्तरीय वस्तु दिन सक्ने स्थितिमा पुग्नुपर्छ, धुर्कोटे चामल त्यसको उदाहरण हो ।”

प्याकेजिङ प्रविधि, लेबल डिजाइन र बजार रणनीति निर्माणमा हेफर नेपालले आवश्यक सहयोग पु¥याएको जनाइएको छ । चामललाई नापतौल गुणस्तर विभाग लगायतका सरकारी प्रक्रिया पूरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार अघिल्लो वर्ष यसक्षेत्रमै धेरै ४ सय मुरि धान उत्पादन गर्नुभएको थियो । उहाँले ‘धुर्कोटे चामल’को नामले बजारमा छुट्टै स्थान बनाउने आशा ब्यक्त गर्नुभयो ।

यसले गाउँमा कृषि व्यवसायिकरण र स्वरोजगार सिर्जनाको सम्भावनालाई थप सशक्त बनाउने देखिएको छ । स्थानीय उत्पादनलाई स्थानीय पहिचानसहित राष्ट्रिय बजारमा पु–याउने उद्देश्यले गरिएको यो प्रयास ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ ।
अर्यालले आफ्नै करिब ७० रोपनी र भाडामा लिएको ४२ रोपनी क्षेत्रफलमा धान खेती गर्दै आउनुभएको छ । गाउँमा बाँझिदै गरेका खेतीबारि लिजमा लिएर अर्यालले व्यवसायीक रुपमा धान मकै उत्पादनलाई जोड दिनुभएको छ। गएको मंसिर महिनामा अर्यालले पहिलो पटक उत्पादन गरेको ४ सय मुरि धान प्रर्दशन समेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरि धान उत्पादन गर्ने कृषक पाइदैन । तर अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाउनुभएको छ । उहाँले गरे हरेक कुराको सम्भव रहेको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ ।


जिल्ला स्थित विभिन्न कार्यालय र जनप्रनिधि बिच उत्पादित थान प्रर्दशन समेत गरिएको थियो । अर्को वर्ष मकैको आटो र कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।भैंसी पालन समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको बताउनुभयो । गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मेहनत पछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अगाल्दै आउनुभएको छ ।

धान खेतीसँगै अर्यालको फममा अहिले माहु भैँसी २२ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ । तीन वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

गुल्मीमा तीन सय जनाले राहदानी बनाउँदा १५ लाख बढी राजस्व

0
जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार १,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको अवधिमा तीन सय जनाले राहदानी बनाएका छन् ।

गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा तीन सय जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जसबाट १५ लाख ३२ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा ३९१ जनाले नयाँ नागरिकता बनाउँदा २२३ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र २४ , राहदानीका लागि आवेदन सङकलन तीन सय , राहदानी वितरण १४६, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७९२, परिचयपत्र वितरण ५७६ र २३ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

नागरिकहरुले नागरिकतालाई वास्था नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको गैरेले बताउनुभयो ।

माओवादी केन्द्र, रेसुङ्गा नगर कमिटीको अध्यक्षमा पुनः महाकिम

0

जेठ ३१,२०८२ गुल्मीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेसुङ्गा नगरकमिटी गुल्मीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

शनिबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले गिरीप्रसाद महाकिमको अध्यक्षतामा ५५ सदस्यिय माओवादी केन्द्र रेसुङ्गा नगरकमिटीको गठन गरेको छ ।

जसको उपाध्यक्षमा सीता विश्वकर्मा, कृष्ण बहादुर बस्नेत, चन्द्र बहादुर, सचिवमा भरत पन्थी, सह–सचिवमा खिम बहादुर बुचा, भीम बहादुर राकसकोटी, शेर बहादुर मल्ल, मुम बहादुर तङ्नामी र चुरा गैरे तथा कोषाध्यक्षमा हेम बहादुर भलामी निर्वाचित हुनुभएको छ । नवगठित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक कृष्ण पाण्डेले पद तथा गोपनीयताको शपथ गराउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बरालले अहिलेको सरकार भ्रष्टाचारतर्फ धेरै नै उन्मुख भएकोले जनता जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो । काँग्रेस र एमालेका धेरै नेता कार्यक्रता भ्रष्टाचारमा मुछिएकै डरले तत्कालिन माओवादी सरकार ढलेको उहाँले बताउनुभयो ।

अहिले पनि विभिन्न मुद्धामा पत्रकारहरुलाई पक्राउ पुर्जी जारी गर्नु, रास्वपा सभापति रवि लामिछानेको मुद्धा टुंगो नलगाउनु, गृहमन्त्री नै भिजिट भिसा प्रकरणमा संलग्न देखिनु जस्ता थुप्रै काण्डमा सरकार संचालकहरु नै संलग्न रहेको बरालको आरोप छ ।

बढ्यो सुनको मूल्य

0

जेठ २०,२०८२ काठमाडौँ : मंगलबार सुन तोलामा दुई हजार ९०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार ७०० कायम भएको छ ।

यस्तै चाँदीको मूल्य दुई हजार ४५ निर्धारण गरिएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

एक हप्तामा गुल्मीमा २४४ जनाले राहदानी बनाए

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

जेठ १८,२०८२ गुल्मी :गुल्मीमा एक हप्ताको अवधिमा २४४ जनाले राहदानी बनाएका छन् ।

गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा २४४ जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा ३१० जनाले नयाँ नागरिकता बनाउँदा १६६ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र पाँच , राहदानीका लागि आवेदन सङकलन २४४, राहदानी वितरण १६४, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ५५३, परिचयपत्र वितरण ४१३ र ४६ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएका छन् ।

नागरिकहरुले नागरिकतालाई वास्था नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउने बढेको गैरेको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको छ ।

१२ लाख बढी राजस्व सङकलन

यस समयमा राहदानीबाट १२ लाख ६२ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।