एसइई नतिजामा कालीगण्डकीमा दिवस राना उत्कृष्ट

0
163

असार १७,२०८२ गुल्मी : गत शुक्रबार प्रकाशन भएको एसइई नतिजामा कालीगण्डकी गाउँपालिकाको नजिता अनुसार देउराली माध्यमिक विद्यालयका छात्र दिवस राना उत्कृष्ट भएका छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्वर एकमा रहेको देउराली माध्यमिक विद्यालयमा अध्ययनरत छात्र दिवस रानाले ३ दशमलव ७८ जिपीए ल्याएर उनी पालिका भित्रकै उत्कृष्ट भएका हुन् । रानाले देउराली माध्यमिक विद्यालयको सिर उच्च राख्नमा सफल भएकोमा विद्यालय परिवार हर्षित भएको पूर्व शिक्षक तिलक रानाले बताउनुभयो ।

विकटका विद्यालयमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेको यस नतिजाले प्रमाणीत गरेको उहाँको दाबी छ । साथै ग्रामीण विद्यालयमा हुने राजनीतिकरण र हेर्ने दृष्टिकोणमा परिवर्तन भएमा अझ अब्बल नतिजा ल्याउन सक्नेमा कुनै शंका नरहेको उहाँको भनाइ छ ।

पालिका भित्र रहेका साधरण तर्फका १७९ जनामा ७३ जना र प्राविधिक तर्फका २२ जनामा १५ जना उतीर्ण भएको कालीगण्डकी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पालिका भित्रबाट नियमित तर्फ कुल २०१ जना विद्यार्थीहरु एसइई परीक्षामा सामेल भएका थिए ।

SHARE