
तिलाचन पाण्डे
असार १,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको अवधिमा तीन सय जनाले राहदानी बनाएका छन् ।
गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा तीन सय जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जसबाट १५ लाख ३२ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा ३९१ जनाले नयाँ नागरिकता बनाउँदा २२३ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र २४ , राहदानीका लागि आवेदन सङकलन तीन सय , राहदानी वितरण १४६, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७९२, परिचयपत्र वितरण ५७६ र २३ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

नागरिकहरुले नागरिकतालाई वास्था नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको गैरेले बताउनुभयो ।






