कालीगण्डकी गुल्मीको बजेट ५७ करोड दुई लाख

0
175

तिलाचन पाण्डे
असार,१०,२०८२ गुल्मी ः कालीगण्डकी गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागि ५७ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले आगामी आर्थिक वर्षका लागि ५७ करोड दुई लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । जसमध्ये चालु तर्फ ३८ करोड ३४ लाख २० हजार रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ६८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।


बजेटले स्थानीय आवश्यकतालाई प्राथमिकता दिएको छ । बजेटले कृषि तथा पशुपालन, अधुरा योजनाहरु सम्पन्न, आधारभूत र सुरक्षित खानेपानी तथा सरसफाई, सुन्तला जातका फलफूल उत्पादन, शिक्षा र स्वास्थ्यमा सुधार, मुख्य सडकहरुको स्तरोन्तीलगायतका विषयलाई प्राथमिकता दिएको छ ।

SHARE