
जेठ ३१,२०८२ गुल्मीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेसुङ्गा नगरकमिटी गुल्मीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
शनिबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले गिरीप्रसाद महाकिमको अध्यक्षतामा ५५ सदस्यिय माओवादी केन्द्र रेसुङ्गा नगरकमिटीको गठन गरेको छ ।
जसको उपाध्यक्षमा सीता विश्वकर्मा, कृष्ण बहादुर बस्नेत, चन्द्र बहादुर, सचिवमा भरत पन्थी, सह–सचिवमा खिम बहादुर बुचा, भीम बहादुर राकसकोटी, शेर बहादुर मल्ल, मुम बहादुर तङ्नामी र चुरा गैरे तथा कोषाध्यक्षमा हेम बहादुर भलामी निर्वाचित हुनुभएको छ । नवगठित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक कृष्ण पाण्डेले पद तथा गोपनीयताको शपथ गराउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बरालले अहिलेको सरकार भ्रष्टाचारतर्फ धेरै नै उन्मुख भएकोले जनता जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो । काँग्रेस र एमालेका धेरै नेता कार्यक्रता भ्रष्टाचारमा मुछिएकै डरले तत्कालिन माओवादी सरकार ढलेको उहाँले बताउनुभयो ।
अहिले पनि विभिन्न मुद्धामा पत्रकारहरुलाई पक्राउ पुर्जी जारी गर्नु, रास्वपा सभापति रवि लामिछानेको मुद्धा टुंगो नलगाउनु, गृहमन्त्री नै भिजिट भिसा प्रकरणमा संलग्न देखिनु जस्ता थुप्रै काण्डमा सरकार संचालकहरु नै संलग्न रहेको बरालको आरोप छ ।






