
साउन ७,२०८२ काठमाडौँ : सुनको मूल्य झण्डै दुई लाख नजिक पुगेको छ ।
बुधबार सुन दुई हजार एक सय रुपैयाँले वृद्धि भएसँगै १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्यवृद्धिसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ।

बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





