
खबर मार्केट
असार २१,२०८२ गुल्मी :गुल्मीमा एक हप्ताको अवधिमा १८० जनाले राहदानी बनाएका छन् ।
गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा १८० जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जसबाट नौ लाख ३५ हजार रुपियाँ राजस्व सङकलन भएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा १५२जनाले नयाँ नागरिकता बनाउँदा ११५ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र नौ , राहदानीका लागि आवेदन सङकलन १८० , राहदानी वितरण २१४, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३९३, परिचयपत्र वितरण ३१३ र ४२ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।







