एक हप्तामा गुल्मीमा २४४ जनाले राहदानी बनाए

0
125
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

जेठ १८,२०८२ गुल्मी :गुल्मीमा एक हप्ताको अवधिमा २४४ जनाले राहदानी बनाएका छन् ।

गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा २४४ जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा ३१० जनाले नयाँ नागरिकता बनाउँदा १६६ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र पाँच , राहदानीका लागि आवेदन सङकलन २४४, राहदानी वितरण १६४, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ५५३, परिचयपत्र वितरण ४१३ र ४६ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएका छन् ।

नागरिकहरुले नागरिकतालाई वास्था नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउने बढेको गैरेको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको छ ।

१२ लाख बढी राजस्व सङकलन

यस समयमा राहदानीबाट १२ लाख ६२ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

SHARE