असार ८,२०८१ रोल्पाः रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप आज माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले घाइते भएकामध्ये ७ जनाको मृत्यु भएको जानकारी दिनुभयो। उनीहरूको सनाखत हुन बाँकी छ।
अन्य केही घाइतेको पनि अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो। केही घाइतेको अस्पतालमा उपचार भइरहेको र केहीलाई सुविधायुक्त अस्पतालमा पठाउने तयारी भइरहेको जनाइएको छ ।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
गुल्मीको छत्रकोट गाउँपालिका–४ का १९ बर्षीय क्रृषिराम कंडेल
टोपलाल अर्याल
असार १६,२०८१ गुल्मीः
गुल्मीको छत्रकोट गाउँपालिका–४ का १९ बर्षीय क्रृषिराम कंडेल । जसले खुट्टाले लेखेरै एसइई परिक्षा ३.३७ जिपिए प्राप्त गरेका छन् । श्रृङ्गा जनता माविमा अध्ययनरत कंडेलले रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परिक्षा केन्द्रबाट परिक्षा दिएका थिए । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परिक्षा दिने व्यावस्था मिलाइएको थियो । क्रृषिराम कडेंल जन्मजात अपाङ्ग हुन । दाहिने खुट्टाको दुई औला बाहेक अरु चल्दैनन् ।
तर, त्यहि दुई औलाले आफ्नो भविष्य कोर्दैछन् । त्यो पनि अरुकोभन्दा उत्कृष्ट । क्रृषिराम नतिजाले उत्साहित छन् । नयाँ पत्रिकासंग कुरागर्दै कंडेलले साइन्स पढ्ने इच्छा रहेको बताए । ‘नतिजा अपेक्षा अनुसारकै आएकाले उत्साहित छु । सकेसम्म व्यावस्थापनको हिसाबले गाउँकै नजिकको कलेज जान्छु,’उनले भने,‘कक्षा ११ र १२ साइन्स पढ्ने योजना बनाएको छु ।’ कडेलको नजिक जनबोध मावि रहेको छ । उनले सोहि बिद्यालयबाट एसइई दिएका थिए । सोहि बिद्यालयबाट पढ्न पाए घरबाटै बुबाले आउ–जाउ गराउन सजिलो हुने कंडेलको आशा छ । तर, पढाईको लागि जिल्ला छोड्नै परेपनि छोड्ने मानसिकतामा क्रृषिराम छन् । क्रृषिरामले अहिले अनुतिर्ण साथीहरुलाई निराश नहुन आग्रह गरे । उनले हार स्वभाविक भएकाले हारखान नहुने तर्क गर्छन् ।
‘आफुभित्रको आत्मवलनै सवैभन्दा ठुलो कुरा हो । मैले शारिरीक अप्ठ्यारोमा पनि जीवनदेखि कहिल्यै हार खाएको छैन,’उनले भने,‘लडेपनि आफुलाई चिनेर विश्वासका साथ उठ्न सक्नुपर्छ ।’ क्रृषिरामका हात–खुट्टा कम्जोर छन् । तर, बौद्धिक क्षमता सवलकोभन्दा उत्कृष्ट छ । दुई औलाले लेख्छन्, तस्विर कोर्छन, मोवाइल तथा ल्यापटप चलाउँछन् । क्रृषिराम अपाङ्गको मात्र उदाहरणीय पात्र होइनन् । सपाङ्ग व्यक्तिका मार्गदर्शक पनि हुन् । उनले कक्षा ४ सम्म घर नजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृङ्गा जनता माविमा पढ्दै आएका थिए ।
क्रृषिराम ‘क’ वर्गको अपाङ्ग हुन् । उनी अरुको शाहाराबिना केहि गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र बिद्यालयसम्म आफुलाई कहिल्यै फरक र कम्जोर अनुभूति गरेनन् । बुबा लक्ष्मण कंडेलले क्रृषिरामलाई बिहान ठीक १० बजे स्कुल पुराउँथे । अब पनि छोराले पढ्न चाहेको बिषय र वातावरण बनाउन आफु तयार रहेको कंडेलले बताए । उनले अहिले साइन्सनै लिएर पढ्ने चाहाना बाबुको भएकाले बिद्यालय कहाँ भन्ने एकिन नगरिएको रामकृष्णले बताए ।
टोपलाल अर्याल
असार १६,२०८१ गुल्मीः शुक्रबार रातिको अविरल बर्षासहितको पहिरोले मालिका गाउँपालिका–६ अर्जेका ५५ बर्षीय भेष बहादुर विकसहितका पाँच जनाले ज्यान गुमाए ।
कामकाजी परिवार । अविरल बर्षातकैबिच दिनभरको थकानका कारण मस्त निद्रामा थिए, विक परिवार । बेतोड बर्षातका कारण खसेको पहिरोले कसैलाई पनि व्युँतिन दिएन् ।
रातिदेखि पहिरोमा बेपत्ता भेषबहादुरसहित श्रीमती ४८ बर्षीया सुन्तली विक, बुहारी २६ बर्षीया सीता विक, नातिनी ८ बर्षीया सपना र ८ महिनाकी विपना विकको शव स्थानीय र सुरक्षाकर्मीले निकाले । अहिले पोष्टमार्टमका लागि सवैजनाको शब गुल्मी अस्पताल तम्घासमा राखिएको छ । न घर न परिवार । मृत शरिरको भेट र काजकिरियाको लागि परदेशमा रहेका तीन छोराहरु पीडाकाबिच घर फर्किदैछन् ।
त्यस्तै १६ साउन ०७७ मा घरमाथिबाट ठुलो ढुङ्गासहितको पहिरो खसेपछि रुरु क्षेत्र गाउँपालिका–५ बम्घाका ३३ बर्षीय राजु माझीले श्रीमती ३० बर्षीया बिना, १० बर्षका छोरा सागर, सात बर्षका हेमन्त र १० महिनाकी छोरी बिनिता गुमाए । राजु परदेश भएकाले बँचे अरु केहि रहेन् । कोभिडको बिषय परिस्थितीमा राजुले परिवार गुमाएको पीडामाथि क्वारेन्टाइनकै बिचमा अन्तिम संस्कार गरे ।
६ साउन ०७६ सालमा सत्यवति गाउँपालिका–४ मा माथिबाट आएको पहिरोले घर पुरेपछि छलि विकसहित एकै परिवारका नौ जनाले ज्यान गुमाए । भने सत्यवति गाउँपालिका–३ ठुलो लुम्पेकका तिलकुमारी तरामु र छोरा दर्शन तरामुले ज्यान गुमाए । असार ०७७ मा इस्मामा पहिरोले दुई जनाले ज्यान गुमाएका थिए । भने ५ असार ०७१ सालमा तत्कालिन अग्लुङ्ग गाविस–८ निपानेमा घर माथिबाट पहिरो खसेपछि ६३ बर्षीय भविलाल कुवंरसहित एकै परिवारका नौ जनाले ज्यान गुमाएका थिए । एक दशक यताको तथ्यांकका आधारमा मदाने, सत्यवती, रुरुक्षेत्र, मुसिकोट, इस्मा र मालिकामा गरेर ३२ जनाले ज्यान गुमाएका छन् । सयौँ परिवार विस्थापित भएका छन् । हिउँदमा आगो बर्षातमा बाढी पहिरोको कहर
हिउँदमा आगो र बर्षातमा बाढीपहिरोबाट पीडित बन्ने नियतनै बनेको छ । भर्खरैको हिउँदमा आगोको बितण्डा गुल्मीले खेपेको छ । जसका कारण ७२ घरपरिवार घरबास बिहिन बने । मनसुन सुरु हुने बित्तिकै मानवीय तथा भौतिक क्षति सुरु भएको छ । यसवर्ष धेरै बर्षात हुने भएकाले बाढी र पहिरोबाट मानवीय तथा भौतिक क्षति बढीनै हुने अनुमान गरिएको छ । गुल्मी पनि बाढी र पहिरोको दृष्टिकोणले जोखिमपूर्ण जिल्ला हो ।
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे
गुल्मीको जिल्ला बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८१ अनुसार जिल्लाका ४० स्थान बाढी र एक सय २४ स्थान पहिरोको जोखिममा रहेका छन् । मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।
मालिकाका नौ स्थान बाढीको जोखिममा छन् । भने सवै वडा पहिरोको जोखिममा छन् । ती मध्येपनि १८ स्थानलाई बिशेष क्षेत्रको रुपमा राखिएको छ । यसै गरेर हरेक स्थानीय तहका थुप्रै स्थान बाढी र पहिरोको जोखिममा छन् । नयाँ जनप्रतिनिधिका नयाँ नीति कार्यक्रममा पहिरो प्रभावितको पुनस्र्थापना वा जोखिम न्यूनीकरणको विषयमा ठोस योजना समावेश छैनन् ।
बिपद्का आश्रय स्थल बन्दै विद्यालय
बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना छैनन् । ०७६ सालमा पहिरोले बिस्तापित सत्यवतिका करिव तीन सय परिवार लामो समय बिद्यालयमा बसे । बिस्थापित परिवार राख्ने उपयुक्त स्थान नहुँदा बिद्यार्थीहरुको पठ्नपाठन प्रभावित बन्यो । ०७७ को पहिरोमा इस्माका अधिकांश प्रभावित बिद्यालयमा राख्नुको बिकल्प भएन । अहिले आगलागीबाट बिस्थापित परिवारको लागि पनि थुपै्र बिद्यालय सेल्टर बने । बिपद्को पुर्व तयारीभन्दा बिपद्पछि जुध्न पनि स्थानीय सरकार सक्षम छैनन् । स्थानीय सरकारसंग बिपद्का लागि प्रयाप्त श्रोत र साधन तथा उपयुक्त सोँच छैन् । एकपटक ठूलो मानवीय तथा भौतिक क्षति खेपेको सत्यवती गाउँपालिकाले पनि बिपद् पुर्व तयारीका बिषयमा उल्लेख्य योजना बनाउन सकेको छैन् । जिल्ला बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८१ को प्रतिवेदन अनुसार १२ स्थानीय सरकारका ९० प्रतिशत बिपद् आश्रय स्थल बिद्यालय भनेर उल्लेख गरिएको छ ।
तिलाचन पाण्डे
असार १६,२०८१ गुल्मीः सत्यवती गाउँपालिका तीन ठुलोलुम्पेकका महिलाहरुले ताजा तरकारी फलाएर जीवनशैली परिवर्तन गर्ने योजनामा रहनुभएको छ । परम्परागत रुपमा तरकारी खेती संगै अन्नबाली लगाउँदै आउनुभएका उहाँहरुले ब्यबसायीक रुपमा ताजा तरकारी खेती गर्ने र आत्म निर्भर बन्ने गरी अगाडि बढेको बताउनुहुन्छ ।
ठुलोलुम्पेकमा १० लाख रुपियाँको प्लाष्टिक टनेल र ताजा तरकारीको बिँउ कृषि ज्ञान केन्द्रले वितरण गरेपछि त्यहाँका महिलाहरुमा आत्म निर्भर बन्ने आत्म विश्वास जागेको हो ।
थुम्का कृषि तथा पशुपालन कृषक समूहमा २१ जना महिलाहरुको समूह रहेको र सबैले बाँसको टनेल घर निर्माण गरेको समूहका अध्यक्ष पूर्णकली तरामुले बताउनुभयो । निर्माण गरेको बाँसको घरमा टमाटर लगाइसकेको बताउनुभयो । अव प्लाष्टिक टनेर राख्ने र ताजा तरकारी पनि फलाउने गरी समूहमा योजना बनाएको उहाँको भनाई छ । बाँसको प्लाष्टिक घरमा टमाटर लगाउँदा घाम पानीले छेक्ने र उत्पादनमा पनि वृद्धि हुने समूहका सदस्यहरुले बताउनुभएको छ ।
गाउँमै रमेर बस्ने र समूहमा ताजा तरकारी फलाएर आर्थिक रुपमा समेत सक्षम बन्ने उहाँहरुको योजना छ । यसका साथै सबै महिलाहरुले समाजको नेतृत्व गर्न सक्ने र ब्यक्तित्व विकास गर्ने गरी आफूहरु सबै अगाडि बढेको उहाँले बताउनुभयो । पहिले आफूहरु अगाडि गएर बोल्न र मनमा लागेका कुराहरु राख्न पनि नसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले अहिले सबै महिलाहरुले स्पस्ट कुराहरु राख्ने र नेतृत्व गर्न सक्ने बन्दै गएको बताउनुभयो ।
यस्तै थानी बहुउद्येश्यीय कृषि तथा पशुपंक्षी समूहका सदस्य जमुना सिंजालीले महिलाहरु आर्थिक रुपमा पनि सक्षम हुने गरी अगाडि बढेको बताउनुभयो । सानो तिनो रकमका लागि श्रीमानको मुख ताक्न नपर्ने र आफूहरु सक्षम हुँदै गएको उहाँले बताउनुभयो । आफूहरुको समूहमा २४ जना महिलाहरु रहेको र सबैले ताजा तरकारी फलाउन लागेको उहाँको दाबी छ ।
सत्यवती गाउँपालिका वडा नम्वर तीनका वडा अध्यक्ष जितु तरामुले महिलाहरुलाई आर्थिक रुपमा आत्म निर्भर बनाउन टनेल खेती गर्ने ब्यबस्था मिलाएको बताउनुभयो । यसबाट गरिवी निवारण पनि गर्न सकिने र ब्यबसायीक बनाउनका लागि थप टेवा पुग्ने उहाँको विश्वास छ ।
गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले गाउँमै संभावनाहरु धेरै रहेको बताउनुभयो । गाउँमै कृषि र पशुपालनको माध्यमबाट आमूल परिवर्तन गर्न सकिने बताउँदै उहाँले ब्यबसायीक रुपमा काम गर्न आग्रह गर्नुभयो । कृषकले उत्पादन गरेका कृषि उपजलाई बुटवलको हाट बजारमा सटर खोलेर बिक्री वितरण गर्ने ब्यबस्था गरेकाले बजारको समस्या नभएको उहाँले बताउनुभयो । यसका साथै बाँझो जग्गामा टिमुर, चिया, कफी र अलैचीका बिरुवा रोपण गर्नका लागि पालिकाले अनुदानमा बिरुवाको ब्यबस्था गरेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बालीबस्तु विशेष सघन ब्यबसायीक उत्पादन कार्यक्रम मार्फत प्लाष्टिक घर निर्माण तथा सामग्री हस्तान्तरण गरेको बताउनुभयो । उत्पादनमा वृद्धि गर्नुका साथै आत्मनिर्भर बनाउनका लागि एक सय ५५ प्लाष्टिक घर निर्माण भएकाले प्लाष्टिक टनेल र ताजा तरकरीको बिँउ वितरण गरेको बताउनुभयो ।
कूल १० लाख रुपियाँको बजेटबाट उक्त कार्य गरिएको भण्डारीले बताउनुभयो ।
असार१५,२०८१ बाँके : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले नरैनापुर गाउँपालिकामा एकदिवसीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवाला संग आज शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिहं माझीको आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले गर्नु भएको थियो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी, वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, नेपाल प्रहरी र सशस्त्र जम्मा ५० जनाको सहभागिता रहेको थियो।
‘खाध स्वच्छतामा लगानी बढाऔँ, अप्रत्यासित अवस्थाको पूर्वतयसरी गरौँ ’ भन्ने नारासहित सुरु भएको उक्त जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुखले खाद्य स्वच्छताको परिचय, खाद्य स्वच्छता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो ।
प्रस्तुतिकै क्रममा उहाँले खाद्य स्वच्छता कायम गर्न किन जरुरी छ, खाद्य स्वच्छता भएन भने मानव स्वास्थ्यमा कस्तो असर पर्छ, अस्वस्थकर अभ्यासले निम्तिने खाद्यजनित रोग र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने चर्चा गर्नु भएको थियो । साथै नेपालको संबिधानमा खाद्यसम्बन्धी हक, खाद्य सम्प्रभुता रहेको कुरा जानकारी गराउँदै खाद्य ऐन नियममा रहेका मुख्य बुँदाहरुमाथि प्रकाश पार्दै ऐनविपरित कार्य गर्नेलाई दण्ड सजाय हुने कुराको समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले यस्तो जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने तथा आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लानुपर्ने कुरामा जोड दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी माझीले यो कार्यक्रम जनप्रतिनिधिलाई मात्र नभएर विद्यालय तथा आम उपभोक्ता तहसम्म पुर्याउन सके खानपान तथा जीवनशैलीमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने धारणा राख्नु भएको थियो । भने कार्यक्रममा एकराज बुढा थोकीले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने राम हरि लामिछानेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
असार १५,२०८१ गुल्मी :गुल्मीमा पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जैका अन्दाजी ५५ वर्षीय भेषबहादुर कामीको दुई तले घर पहिरोले पुरिँदा निजकी ४८ वर्षीय श्रीमती सुन्तली कामी, २६ वर्षीय बुहारी सीता बिक, ८ महिनाकी नातीनी विपना बिक, र ८ वर्षीय सपना बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो ।
घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको चौधरीले बताउनुभयो ।
तिलाचन पाण्डे
असार ११,२०८१ गुल्मी : कालीगण्डकी गाउँपालिका गुल्मीले गाउँपालिका भित्रको बाँझो जग्गालाई पालिकाको स्वामित्वमा ल्याउने भएको छ ।
पालिका भित्रको बाँझो जग्गालाई सदुपयोगमा ल्याउन र बाँझो जग्गा नराख्नका लागि पालिकाले यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम मार्फत थापाले बाँझो जग्गालाई पालिकाले स्वामित्व लिई उपयुक्त कृषि कार्यक्रम सञ्चालन गर्ने र बाँझो रहेको जग्गालाई खनजोत गरी प्रयोगमा ल्याउने कृषकलाई अनुदानको समेत ब्यबस्था गर्ने बताउनुभयो ।
यस्तै सामूहिक कृषि खेति प्रर्णलीलाई प्रोत्साहनका लागि पालिकाले अनुदान दिने,कृषि तथा पशु वीमामा अनुदान, उत्कृष्ट कृषक तथा कृषि समूह पहिचान गरी सम्मान , सुन्तला पकेट क्षेत्रको बिस्तार, सुन्तलाबाट जाम,जुस र जेली तथा सौन्दर्यका सामग्रीहरु बनाउने कार्यलाई प्राथमिकता दिई स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने जस्ता कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको र सोही अनुसारको बजेटको ब्यबस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।
यस्तै पालिकाले गर्भवती महिलालाई निःशुल्क र अन्य बिरामीहरुलाई सहुलियत दरमा एम्बुलेन्सको ब्यबस्था गरेको छ । गर्भवती तथा सुत्केरी महिलासंग उपाध्यक्ष कार्यक्रम र छोरी जन्मिदा सहयोग गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै आगामी आर्थिक वर्षमा पालिका भित्रका करिब तीन हजार पाँच सय घरधुरीमा एक घर एक धाराको कार्यक्रमलाई सम्पन्न गर्ने गरी नीति लिइएको र सोही अनुसार बजेटको ब्यबस्था गरिएको गिरीले बताउनुभयो ।
पालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि सोमबार करिब ५४ करोड नौ लाख ९५ हजारको बजेट ल्याएको छ । जस अन्र्तगत चालु तर्फ ३८ करोड ६६ लाख ९४ हजार र पुँजीगत तर्फ १५ करोड ४३ लाख तीन हजारको अनुमानित बजेट उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले प्रस्तुत गर्नुभएको छ ।
असार ११,२०८१ गुल्मी :गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
चन्द्रकोट गाउँपालिका गुल्मीको १५ औ गाउँसभाको पहिलो तथा दोश्रो बैठक असार १० गते सोमबार सम्पन्न भएको छ । पहिलो बैठकमा गाउँसभा अध्यक्ष युवराज खत्री क्षेत्रीले पेश गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
सभाको पहिलो बैठकमा सभामा प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो । दोश्रो बैठकमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को लागि तय भएको आर्थिक विधेयक २०८१ पेश सँगै पारित भएको छ । बैठकमा विनियोजन विधेयक २०८१ एवम् आर्थिक वर्ष २०७९/०८० को यथार्थ, चालू आ.व. २०८०/०८१ को संशोधित अनुमान तथा आगामी आर्थिक बर्ष २०८१/०८२ को अनुमानित व्यय सहितको बार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
सभाको बैठकमा उपाध्यक्ष भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३ सय ९४ (६२.४१ प्रतिशत) यस्तै पुँजीगत तर्फ १८ करोड ९२ लाख ३१ हजार ९ सय ४७ (३७.५९ प्रतिशत) बजेट सभामा पेश गर्नुभएको छ । गाउँसभाको चालु अधिवेशनको तेश्रो बैठक २०८१ असार १६ गते बिहान ११ बजे बस्ने गरी आजको लागि स्थगित गरिएको छ ।
गाउँपालिकाले पर्यटन, कृषि, रोजगार, शिक्षा,स्वास्थ्य, स्थानिय उत्पादन प्रवद्र्धनमा बिशेष जोड दिएको छ । आफ्नै उत्पादन खाउँ, चन्द्रकोट मै रमाउँ भन्ने नाराका साथ उत्पादनमा जोड दिने अनुदानका कार्यक्रमहरु ल्याएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।
विकटलाई निकट बनाउने अभियान अन्र्तगत पूर्वाधारका कार्यक्रमहरु, उज्यालो पालिका बनाउने अभियानमा सडक बत्ती जडान गर्ने जस्ता कार्यक्रमहरु यसपालिको बजेटमा प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै गाउपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर । तस्बिर : तिलाचन पाण्डे ।
तिलाचन पाण्डे
असार ९,२०८१ गुल्मीः मदाने गाउँपालिकाले एकल पुरुष र महिलाका लागि निर्वाह भत्ताको ब्यबस्था गर्ने भएको छ ।
आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रबहादुर कँुवरले ४५ वर्ष उमेर कटेका पुरुष र ४०वर्ष उमेर कटेका एकल महिलाकाहरुका लागि जीवन निर्वाह भत्ताको ब्यबस्था गरिएको बताउनुभयो ।
एकल महिला र पुरुषहरु एकल भएको महशुस नगराउन र उहाँहरुको साथमा गाउँपालिका रहेको अनुभुति दिनका लागि यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै पालिकाले छोरी बुहारी उच्च शिक्षा कार्यक्रमलाई पनि प्रथामिकता साथ राखेको छ । उहाँहरुलाइ उच्च शिक्षा लिनबाट पछाडि नपरुन भन्ने उद्येश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले आन्तरिक आय वृद्धि गर्नका लागि करको दायरालाइ फराकिलो बनाउने गरी नीति लिएको छ । युवाहरूलाई खेलप्रतिको मोह बढाउनका लागि एक वडा एक कभर्ड हलको ब्यबस्था गर्ने गरी पालिकाले नीति लिएको छ ।
पछिल्लो समयमा युवाहरु विदेश होइन बिजनेश भन्ने नीतलाई पालिकाले प्राथमिकता दिउको जनाएको छ । युवाहरुलाई स्वदेशमै ब्यबसायीक कृषि र पशुपालनको माध्यमबाट रोजगारी सिर्जना गर्ने र स्वदेशमानै टिकाई राख्नका लागि पालिकाले प्राथमिकता दिएको जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमख खिलध्वज पन्थी ।
तिलाचन पाण्डे
असार ८,२०८१ गुल्मीः रेसुंगा नगरपालिकाले शिक्षक विदामा रहेको अवस्थामा वैकल्पिक शिक्षकको ब्यबस्थापन गर्ने भएको छ ।
महिला शिक्षक सुत्केरी विदामा रहँदा र अवकास प्राप्त शिक्षकहरुको ठाउँमा वैकल्पिक शिक्षकको ब्यबस्थापन गरी अध्यापनलाई निरन्तरता दिने जनाएको छ ।
नगरप्रमुख खिलध्वज पन्थीले आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थीको पढाइलाई असर पर्न नदिन वैकल्पिक शिक्षकको ब्यबस्थापन गर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगर प्रतिवद्ध रहेको बताउँदै पन्थीले शिक्षामा सुधार नभएसम्म परिवर्तन सम्भव नभएकाले यस्तो नीति लिएको बताउनुभयो ।
नगरले सडक बालबालिकाको उचित ब्यबस्थापन गर्ने नीति पनि लिएको छ । अभिभावक विहीन र सडकमा रहेका बालबालिकाको उचित ब्यबस्थापन गर्नका नगरले पहिलो प्राथमिकता राखेको उल्लेख गरिएको छ । यस्तै नगरले किसान परिचय पत्र पनि लागु गर्ने नीति लिएको छ । कृषकको उचित पहिचान गरी कृषक परिचयपत्र लागु गर्ने र उत्पादनको आधारमा अनुदान दिने नीति लिएको पन्थीले बताउनुभयो । आगामी आर्थिक वर्षमा उत्कृष्ट कृषकलाई पुरस्कृत गरी प्रोत्साहन गर्ने नीति पनि नगरले लिएको छ । यस्तै अति विपन्नका लागि निःशुल्क स्वास्थ्य वीमा गर्ने नीति पनि नगरले लिएको छ ।
नगरले एक घर एक करेसाबारीको नीतिलाई पनि प्राथमिकता दिएको छ ।