मदानेले एकल पुरुष र महिलालाई भत्ता दिने

0
90
नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै गाउपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर । तस्बिर : तिलाचन पाण्डे ।

तिलाचन पाण्डे
असार ९,२०८१ गुल्मीः मदाने गाउँपालिकाले एकल पुरुष र महिलाका लागि निर्वाह भत्ताको ब्यबस्था गर्ने भएको छ ।

आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रबहादुर कँुवरले ४५ वर्ष उमेर कटेका पुरुष र ४०वर्ष उमेर कटेका एकल महिलाकाहरुका लागि जीवन निर्वाह भत्ताको ब्यबस्था गरिएको बताउनुभयो ।

एकल महिला र पुरुषहरु एकल भएको महशुस नगराउन र उहाँहरुको साथमा गाउँपालिका रहेको अनुभुति दिनका लागि यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै पालिकाले छोरी बुहारी उच्च शिक्षा कार्यक्रमलाई पनि प्रथामिकता साथ राखेको छ । उहाँहरुलाइ उच्च शिक्षा लिनबाट पछाडि नपरुन भन्ने उद्येश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले आन्तरिक आय वृद्धि गर्नका लागि करको दायरालाइ फराकिलो बनाउने गरी नीति लिएको छ । युवाहरूलाई खेलप्रतिको मोह बढाउनका लागि एक वडा एक कभर्ड हलको ब्यबस्था गर्ने गरी पालिकाले नीति लिएको छ ।

पछिल्लो समयमा युवाहरु विदेश होइन बिजनेश भन्ने नीतलाई पालिकाले प्राथमिकता दिउको जनाएको छ । युवाहरुलाई स्वदेशमै ब्यबसायीक कृषि र पशुपालनको माध्यमबाट रोजगारी सिर्जना गर्ने र स्वदेशमानै टिकाई राख्नका लागि पालिकाले प्राथमिकता दिएको जनाएको छ ।

SHARE