गुल्मीमा पहिरोले पुरिएका पाँचै जनाको शव फेला

0
89
फाइल फोटो

असार १५,२०८१ गुल्मी :गुल्मीमा पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जैका अन्दाजी ५५ वर्षीय भेषबहादुर कामीको दुई तले घर पहिरोले पुरिँदा निजकी ४८ वर्षीय श्रीमती सुन्तली कामी, २६ वर्षीय बुहारी सीता बिक, ८ महिनाकी नातीनी विपना बिक, र ८ वर्षीय सपना बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको चौधरीले बताउनुभयो ।

SHARE