रेसुंगा नगरले वैकल्पिक शिक्षकको ब्यबस्थापन गर्ने

0
72
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमख खिलध्वज पन्थी ।

तिलाचन पाण्डे
असार ८,२०८१ गुल्मीः रेसुंगा नगरपालिकाले शिक्षक विदामा रहेको अवस्थामा वैकल्पिक शिक्षकको ब्यबस्थापन गर्ने भएको छ ।

महिला शिक्षक सुत्केरी विदामा रहँदा र अवकास प्राप्त शिक्षकहरुको ठाउँमा वैकल्पिक शिक्षकको ब्यबस्थापन गरी अध्यापनलाई निरन्तरता दिने जनाएको छ ।

नगरप्रमुख खिलध्वज पन्थीले आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थीको पढाइलाई असर पर्न नदिन वैकल्पिक शिक्षकको ब्यबस्थापन गर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगर प्रतिवद्ध रहेको बताउँदै पन्थीले शिक्षामा सुधार नभएसम्म परिवर्तन सम्भव नभएकाले यस्तो नीति लिएको बताउनुभयो ।

नगरले सडक बालबालिकाको उचित ब्यबस्थापन गर्ने नीति पनि लिएको छ । अभिभावक विहीन र सडकमा रहेका बालबालिकाको उचित ब्यबस्थापन गर्नका नगरले पहिलो प्राथमिकता राखेको उल्लेख गरिएको छ । यस्तै नगरले किसान परिचय पत्र पनि लागु गर्ने नीति लिएको छ । कृषकको उचित पहिचान गरी कृषक परिचयपत्र लागु गर्ने र उत्पादनको आधारमा अनुदान दिने नीति लिएको पन्थीले बताउनुभयो । आगामी आर्थिक वर्षमा उत्कृष्ट कृषकलाई पुरस्कृत गरी प्रोत्साहन गर्ने नीति पनि नगरले लिएको छ । यस्तै अति विपन्नका लागि निःशुल्क स्वास्थ्य वीमा गर्ने नीति पनि नगरले लिएको छ ।

नगरले एक घर एक करेसाबारीको नीतिलाई पनि प्राथमिकता दिएको छ ।

 

SHARE