गुल्मीमा परिवारनै सिध्याउने चार पहिरो

जिल्लाका डेढ सय ६४ स्थान बाढिपहिरोको जोखिममा

0
131

टोपलाल अर्याल
असार १६,२०८१ गुल्मीः शुक्रबार रातिको अविरल बर्षासहितको पहिरोले मालिका गाउँपालिका–६ अर्जेका ५५ बर्षीय भेष बहादुर विकसहितका पाँच जनाले ज्यान गुमाए ।

कामकाजी परिवार । अविरल बर्षातकैबिच दिनभरको थकानका कारण मस्त निद्रामा थिए, विक परिवार । बेतोड बर्षातका कारण खसेको पहिरोले कसैलाई पनि व्युँतिन दिएन् ।

 

रातिदेखि पहिरोमा बेपत्ता भेषबहादुरसहित श्रीमती ४८ बर्षीया सुन्तली विक, बुहारी २६ बर्षीया सीता विक, नातिनी ८ बर्षीया सपना र ८ महिनाकी विपना विकको शव स्थानीय र सुरक्षाकर्मीले निकाले । अहिले पोष्टमार्टमका लागि सवैजनाको शब गुल्मी अस्पताल तम्घासमा राखिएको छ । न घर न परिवार । मृत शरिरको भेट र काजकिरियाको लागि परदेशमा रहेका तीन छोराहरु पीडाकाबिच घर फर्किदैछन् ।

 

त्यस्तै १६ साउन ०७७ मा घरमाथिबाट ठुलो ढुङ्गासहितको पहिरो खसेपछि रुरु क्षेत्र गाउँपालिका–५ बम्घाका ३३ बर्षीय राजु माझीले श्रीमती ३० बर्षीया बिना, १० बर्षका छोरा सागर, सात बर्षका हेमन्त र १० महिनाकी छोरी बिनिता गुमाए । राजु परदेश भएकाले बँचे अरु केहि रहेन् । कोभिडको बिषय परिस्थितीमा राजुले परिवार गुमाएको पीडामाथि क्वारेन्टाइनकै बिचमा अन्तिम संस्कार गरे ।

६ साउन ०७६ सालमा सत्यवति गाउँपालिका–४ मा माथिबाट आएको पहिरोले घर पुरेपछि छलि विकसहित एकै परिवारका नौ जनाले ज्यान गुमाए । भने सत्यवति गाउँपालिका–३ ठुलो लुम्पेकका तिलकुमारी तरामु र छोरा दर्शन तरामुले ज्यान गुमाए । असार ०७७ मा इस्मामा पहिरोले दुई जनाले ज्यान गुमाएका थिए । भने ५ असार ०७१ सालमा तत्कालिन अग्लुङ्ग गाविस–८ निपानेमा घर माथिबाट पहिरो खसेपछि ६३ बर्षीय भविलाल कुवंरसहित एकै परिवारका नौ जनाले ज्यान गुमाएका थिए । एक दशक यताको तथ्यांकका आधारमा मदाने, सत्यवती, रुरुक्षेत्र, मुसिकोट, इस्मा र मालिकामा गरेर ३२ जनाले ज्यान गुमाएका छन् । सयौँ परिवार विस्थापित भएका छन् ।
file photoहिउँदमा आगो बर्षातमा बाढी पहिरोको कहर
हिउँदमा आगो र बर्षातमा बाढीपहिरोबाट पीडित बन्ने नियतनै बनेको छ । भर्खरैको हिउँदमा आगोको बितण्डा गुल्मीले खेपेको छ । जसका कारण ७२ घरपरिवार घरबास बिहिन बने । मनसुन सुरु हुने बित्तिकै मानवीय तथा भौतिक क्षति सुरु भएको छ । यसवर्ष धेरै बर्षात हुने भएकाले बाढी र पहिरोबाट मानवीय तथा भौतिक क्षति बढीनै हुने अनुमान गरिएको छ । गुल्मी पनि बाढी र पहिरोको दृष्टिकोणले जोखिमपूर्ण जिल्ला हो ।

जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

गुल्मीको जिल्ला बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८१ अनुसार जिल्लाका ४० स्थान बाढी र एक सय २४ स्थान पहिरोको जोखिममा रहेका छन् । मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।
मालिकाका नौ स्थान बाढीको जोखिममा छन् । भने सवै वडा पहिरोको जोखिममा छन् । ती मध्येपनि १८ स्थानलाई बिशेष क्षेत्रको रुपमा राखिएको छ । यसै गरेर हरेक स्थानीय तहका थुप्रै स्थान बाढी र पहिरोको जोखिममा छन् । नयाँ जनप्रतिनिधिका नयाँ नीति कार्यक्रममा पहिरो प्रभावितको पुनस्र्थापना वा जोखिम न्यूनीकरणको विषयमा ठोस योजना समावेश छैनन् ।


बिपद्का आश्रय स्थल बन्दै विद्यालय
बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना छैनन् । ०७६ सालमा पहिरोले बिस्तापित सत्यवतिका करिव तीन सय परिवार लामो समय बिद्यालयमा बसे । बिस्थापित परिवार राख्ने उपयुक्त स्थान नहुँदा बिद्यार्थीहरुको पठ्नपाठन प्रभावित बन्यो । ०७७ को पहिरोमा इस्माका अधिकांश प्रभावित बिद्यालयमा राख्नुको बिकल्प भएन । अहिले आगलागीबाट बिस्थापित परिवारको लागि पनि थुपै्र बिद्यालय सेल्टर बने । बिपद्को पुर्व तयारीभन्दा बिपद्पछि जुध्न पनि स्थानीय सरकार सक्षम छैनन् । स्थानीय सरकारसंग बिपद्का लागि प्रयाप्त श्रोत र साधन तथा उपयुक्त सोँच छैन् । एकपटक ठूलो मानवीय तथा भौतिक क्षति खेपेको सत्यवती गाउँपालिकाले पनि बिपद् पुर्व तयारीका बिषयमा उल्लेख्य योजना बनाउन सकेको छैन् । जिल्ला बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८१ को प्रतिवेदन अनुसार १२ स्थानीय सरकारका ९० प्रतिशत बिपद् आश्रय स्थल बिद्यालय भनेर उल्लेख गरिएको छ ।

SHARE