मुसिकोटमा माओवादीले एक्लै चुनाव जित्ने दाबी

0
125

मंसिर २,२०८१ गुल्मीः मुसिकोट नगरपालिका वडा नम्वर एकमा माओवादीका उम्मेद्वार दुर्गाबहादुर बिकले निर्वाचन जित्ने दाबी गर्नुभएको छ ।

माओवादी एक्लै चुनाव लड्न सक्दैन् भन्ने भाष्य निर्माण गरेको सन्र्दभमा माओवादीले आइतबार पार्टीको तर्फबाट वडा अध्यक्ष पदका लागि दुर्गाबहादुर बिकले उम्मेदवारी मनोनयन दर्ता गराएको पार्टीका जिल्ला सचिव अशोक थापाले जानकारी दिनुभयो । पार्टीले उठाएको उम्मेद्वार अब्बल , सरल , समाजमा भिजेको र वडाको विकासका निम्ती आवश्यक भएकाले बिकले निर्वाचन जित्ने दाबी गर्नुभएको छ ।

वडा अध्यक्षमा कांग्रेस , एमाले, माओवादीलगायत सबैले निर्वाचन जित्ने दाबी गर्दै आएका छन् ।
वडा अध्यक्ष पदका लागि ८ जनाको मनोनयन दर्ता भएको छ । वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पाटीबाट इश्वरी खाती क्षेत्रीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापाले उम्मेदवारी मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताउनुभयो ।

SHARE