गुल्मीमा खुट्टाले लेखेरै ३.३७ जिपिए

क्रृषिराम उनुतिर्ण साथीहरुलाई भन्छन्, : ‘हार्नुस तर, हार नखानुस्, आत्मवले क्षमता प्रस्फुटन गर्छ’

0
113
गुल्मीको छत्रकोट गाउँपालिका–४ का १९ बर्षीय क्रृषिराम कंडेल

टोपलाल अर्याल
असार १६,२०८१ गुल्मीः

गुल्मीको छत्रकोट गाउँपालिका–४ का १९ बर्षीय क्रृषिराम कंडेल । जसले खुट्टाले लेखेरै एसइई परिक्षा ३.३७ जिपिए प्राप्त गरेका छन् । श्रृङ्गा जनता माविमा अध्ययनरत कंडेलले रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परिक्षा केन्द्रबाट परिक्षा दिएका थिए । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परिक्षा दिने व्यावस्था मिलाइएको थियो । क्रृषिराम कडेंल जन्मजात अपाङ्ग हुन । दाहिने खुट्टाको दुई औला बाहेक अरु चल्दैनन् ।

तर, त्यहि दुई औलाले आफ्नो भविष्य कोर्दैछन् । त्यो पनि अरुकोभन्दा उत्कृष्ट । क्रृषिराम नतिजाले उत्साहित छन् । नयाँ पत्रिकासंग कुरागर्दै कंडेलले साइन्स पढ्ने इच्छा रहेको बताए । ‘नतिजा अपेक्षा अनुसारकै आएकाले उत्साहित छु । सकेसम्म व्यावस्थापनको हिसाबले गाउँकै नजिकको कलेज जान्छु,’उनले भने,‘कक्षा ११ र १२ साइन्स पढ्ने योजना बनाएको छु ।’ कडेलको नजिक जनबोध मावि रहेको छ । उनले सोहि बिद्यालयबाट एसइई दिएका थिए । सोहि बिद्यालयबाट पढ्न पाए घरबाटै बुबाले आउ–जाउ गराउन सजिलो हुने कंडेलको आशा छ । तर, पढाईको लागि जिल्ला छोड्नै परेपनि छोड्ने मानसिकतामा क्रृषिराम छन् । क्रृषिरामले अहिले अनुतिर्ण साथीहरुलाई निराश नहुन आग्रह गरे । उनले हार स्वभाविक भएकाले हारखान नहुने तर्क गर्छन् ।

‘आफुभित्रको आत्मवलनै सवैभन्दा ठुलो कुरा हो । मैले शारिरीक अप्ठ्यारोमा पनि जीवनदेखि कहिल्यै हार खाएको छैन,’उनले भने,‘लडेपनि आफुलाई चिनेर विश्वासका साथ उठ्न सक्नुपर्छ ।’ क्रृषिरामका हात–खुट्टा कम्जोर छन् । तर, बौद्धिक क्षमता सवलकोभन्दा उत्कृष्ट छ । दुई औलाले लेख्छन्, तस्विर कोर्छन, मोवाइल तथा ल्यापटप चलाउँछन् । क्रृषिराम अपाङ्गको मात्र उदाहरणीय पात्र होइनन् । सपाङ्ग व्यक्तिका मार्गदर्शक पनि हुन् । उनले कक्षा ४ सम्म घर नजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृङ्गा जनता माविमा पढ्दै आएका थिए ।

क्रृषिराम ‘क’ वर्गको अपाङ्ग हुन् । उनी अरुको शाहाराबिना केहि गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र बिद्यालयसम्म आफुलाई कहिल्यै फरक र कम्जोर अनुभूति गरेनन् । बुबा लक्ष्मण कंडेलले क्रृषिरामलाई बिहान ठीक १० बजे स्कुल पुराउँथे । अब पनि छोराले पढ्न चाहेको बिषय र वातावरण बनाउन आफु तयार रहेको कंडेलले बताए । उनले अहिले साइन्सनै लिएर पढ्ने चाहाना बाबुको भएकाले बिद्यालय कहाँ भन्ने एकिन नगरिएको रामकृष्णले बताए ।

 

 

SHARE