चन्द्रकोट गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

0
135

महेश बोहरा

असार ११,२०८१ गुल्मी :गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

चन्द्रकोट गाउँपालिका गुल्मीको १५ औ गाउँसभाको पहिलो तथा दोश्रो बैठक असार १० गते सोमबार सम्पन्न भएको छ । पहिलो बैठकमा गाउँसभा अध्यक्ष युवराज खत्री क्षेत्रीले पेश गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

 

सभाको पहिलो बैठकमा सभामा प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो । दोश्रो बैठकमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को लागि तय भएको आर्थिक विधेयक २०८१ पेश सँगै पारित भएको छ । बैठकमा विनियोजन विधेयक २०८१ एवम् आर्थिक वर्ष २०७९/०८० को यथार्थ, चालू आ.व. २०८०/०८१ को संशोधित अनुमान तथा आगामी आर्थिक बर्ष २०८१/०८२ को अनुमानित व्यय सहितको बार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

 

सभाको बैठकमा उपाध्यक्ष भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३ सय ९४ (६२.४१ प्रतिशत) यस्तै पुँजीगत तर्फ १८ करोड ९२ लाख ३१ हजार ९ सय ४७ (३७.५९ प्रतिशत) बजेट सभामा पेश गर्नुभएको छ । गाउँसभाको चालु अधिवेशनको तेश्रो बैठक २०८१ असार १६ गते बिहान ११ बजे बस्ने गरी आजको लागि स्थगित गरिएको छ ।

 

गाउँपालिकाले पर्यटन, कृषि, रोजगार, शिक्षा,स्वास्थ्य, स्थानिय उत्पादन प्रवद्र्धनमा बिशेष जोड दिएको छ । आफ्नै उत्पादन खाउँ, चन्द्रकोट मै रमाउँ भन्ने नाराका साथ उत्पादनमा जोड दिने अनुदानका कार्यक्रमहरु ल्याएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

 

विकटलाई निकट बनाउने अभियान अन्र्तगत पूर्वाधारका कार्यक्रमहरु, उज्यालो पालिका बनाउने अभियानमा सडक बत्ती जडान गर्ने जस्ता कार्यक्रमहरु यसपालिको बजेटमा प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

SHARE