रोल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

0
105

असार ८,२०८१ रोल्पाः रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप आज माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले घाइते भएकामध्ये ७ जनाको मृत्यु भएको जानकारी दिनुभयो। उनीहरूको सनाखत हुन बाँकी छ।

अन्य केही घाइतेको पनि अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो। केही घाइतेको अस्पतालमा उपचार भइरहेको र केहीलाई सुविधायुक्त अस्पतालमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

SHARE