Thursday, June 4, 2026

हीमा स्मृती कोषद्धारा इस्मामा वृहत निःशुल्क स्वास्थ्य शिविर

0

तिलाचन पाण्डे
चैत ६,२०८१ गुल्मीः हीमा गौतम स्मृती कोषले इस्माको अमरपुरमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

कोषले बुधबार तम्घासमा पत्रकार सम्मेलन गरी यहि चैत २८ र २९ गते विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कोषका अध्यक्ष नारायण पराजुलीले जानकारी दिनुभयो ।

विगतदेखी नै यस संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै ग्रामीणस्तरका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको उहाँको भनाइ छ । शिविरमा मिर्गौला रोग विशेषज्ञ,स्त्रीरोग विशेषज्ञ,हाडजोर्नी रोग विशेषज्ञसहित तीन तीन जना मेडिकल डाक्टर र मेडिकल अधिकृतहरुको सहभागिता रहने छ ।

शिविरमा ल्याव, भिडियो एक्सरे ,परामर्शका साथै निःशुल्क औषधिको ब्यबस्था गरिएको संस्थापक सदस्य सुरेशचन्द्र गौतमले जानकारी दिनुभयो । निःशुल्क वृहत शिविरबाट सेवा लिन इश्मावासी तथा छिमेकी पालिकाका नागरिकहरुलाई उहाँले आग्रह गर्नुभएको छ ।

कोषले त्यस क्षेत्रका विद्यालयहरुमा अध्ययन गर्ने विपन्न,दलित विद्यार्थीहरुका लागि छात्रवृत्ति , शैक्षिक सामग्री , पोषाकलगायतका सामग्रीहरु प्रदान गर्दै आएको जनाएको छ ।

सत्ता साझेदार मिल्दा पनि श्रृङगेश्वरमा अखिल क्रान्तीकारीको प्यानलनै बिजयी

0

तिलाचन पाण्डे
चैत ५,२०८१ गुल्मीः गुल्मीको श्रृङगेश्वर क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तीकारीको प्यानलनै बिजयी भएको छ ।

चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त प्यानलबाट निर्वाचनमा होमिएका नेत्रप्रसाद ज्ञवालीलाई पराजित गर्दै क्रान्तीकारीका बिशाल थापा बिजयी हुनुभएको हो । कुल खसेको १०६ मतमा थापाले ६५ मत प्राप्त गर्नुभएको थियो भने ज्ञवालीले ४१ मत ल्याउनुभएको हो ।

यस्तै सचिवमा पुष्पा कुँवर,कोषाध्यक्षमा सिर्जना बस्याल र सदस्यहरुमा विपना थापा, अप्सरा परियार र दया पौडेल विजयी भएको निर्वाचन अधिकृत लक्ष्मणप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यसैगरी समानुपातिक तर्फ पनि अखिल क्रान्तीकारी नै विजयी भएको छ ।

क्रान्तकिारीले ५८ मत प्राप्त गरेको थियो भने संयुक्त प्यानलले ४७ मत प्राप्त गरेको थियो । एक मत बदर भएको निर्वाचन समितिले जनाएको

एकाबिहानै गयो भूकम्प

0

चैत ५,२०८१ : अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४दशमलव ३ को भूकम्प गएको छ।

नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो।

गुल्मीका ४ उत्कृष्ट उद्यमी सम्मानित

0

अनिल खत्री
चैत ३,२०८१ गुल्मीः घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका ४ उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर परेर जिल्लाका विभिन्न स्थानमा विभिन्न व्यवसाय गर्ने उद्यमी कृषकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा जिल्लाको धुर्कोट गाउँपालिका–६ का अर्याल पशुपंक्षी फर्मका सञ्चालनक मेघनाथ अर्याल, छत्रकोट गाउँपालिका वडानम्बर–५ मा सिद्धिविनायक कउषि पशुपंक्षी फर्मका सञ्चालक डालप्रसाद पन्थी रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिका–२ मा खनाल सुन्तला फर्मका सञ्चालक केशवराज खनाल, धुर्कोट गाउँपालिका–२ मा खनाल मौरी तथा सुन्तला फर्मका सञ्चालक पार्वती खनाल सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिने पन्थीले जनही २५ हजारका दरले सम्मान गरेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उत्कृष्ट उद्यमी सम्मान गर्न आवेदन खुलाएको थियो । त्यसैको आधारमा उद्यम तथा रोजगारी सृजना लगायतका विभिन्न आधारहरु छनोट गरेर सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताउनुभयो । सोहि कार्यक्रमा जिल्ला शहकारी संघ गुल्मीलाई कफी प्रशोधन गर्ने परपल मेसिन, काटा, प्रदान गरिएको थियो ।

त्यस्तै जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–३ दर्लाचौरको इस्मा रामकोट स्लेट ढुंगा उद्यमी समूहलाई ढुंगा काट्ने मेसिन प्रदान गरिएको आर्यालले बताउनुभयो । उत्कृष्ट उद्यमी सम्मान गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिने पन्थीले यस्ता खालका सम्मनले उद्यमी कृषकलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

पछिल्लो समय खानपान लगायतको कारणले विभिन्न खालका रोगहरु निम्ति रहेकाले उपभोक्ताले वस्तु किन्दा सचेत हुनुपर्नेमा जोड दिनुभयो । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष इश्वरीप्रसाद पौडेल, चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विश्व उपभोक्ता अधिकार दिवसको बारेमा विभिन्न खालका धारण राख्नुभएको थियो ।

हराएको पाँच महिनामा पुरुषको शव फेला

0

अनिल खत्री
२ चैत, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर(१ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो।

सुनार गत कात्तिक महिनादेखि घर परिवारको सम्पर्कमा नभएको र शनिबार दिउँसोस्थानीय भुसकत्ता सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेको दाहालले बताउनुभयो।

घरबाट केही नभनी ४ महिना अघि हिडेका सुनारको सबै तिर खोजी गरिदै आएको थियोे । सुनारलाइ घाँस काटन गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इस्मा गाउँपालिका वडानम्बर( १ का वडाअध्यक्ष शेरबहादुर कुँवरले बताउनुभयो ।

मृत फेला परेका सुनारको शव कंकाल मात्रै रहेको छ । निजले लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले पहिचान गरिएको डिएसपी दाहालले बताउनुभयो।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्ड प्रहरी खटिएको छ ।

बारीमा उम्रिएको च्याउ खाँदा दश जना बिरामी

0

चैत २,२०८१ : च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् ।

व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए बिरामी सबैको प्रदेश अस्दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इच्छाविपरीत रङ दले कारवाही गर्ने प्रशासनको चेतावनी

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

फागुन २९,२०८१ गुल्मीः होलीमा इच्छा विपरीत रङ दल्ने कार्य गरेमा कारवाही गर्ने जिल्ला प्रशासनले चेतावनी दिएको छ ।

जिल्ला प्रशासनले एक सूचना जारी गर्दै फागु पर्व होलीमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने कार्य गरेमा प्रचलित कानून अनुसार कारवाही गरेरै छाड्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले दावी गर्नुभयो ।

होली पर्वलाई सभ्य तरिकाले मनाउन र कानूनले बन्देज गरेका कार्यहरु नगर्नका लागि प्रशासनले जिल्लाावासीहरुलाई आग्रह गरेको छ ।

सडका सवारी साधनलाई अवरोध गरी रकम असुल्नेलगायत कानूनले बन्देज गरेका कार्यहरु नगर्न नराउनका लागि पनि आग्रह गरिएको छ ।

अनेम संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक सम्पन्न

0

फागुन २६,२०८१ गुल्मी : अखिल नेपाल महिला संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक तम्घासमा सम्पन्न भएको छ ।

जिल्ला संयोजक गीता थापाको अध्यक्षतामा भएको बैठकले आगामी चैत २० मा नेपालगञ्जमा हुने लुम्बिनी प्रदेशको सम्मेलनलाई सफल बनाउनका लागि ब्यापक प्रचार प्रसार गर्ने र जिल्लाबाट ६० जना प्रतिनिधि पठाउने निर्णय भएको हो । यसका साथै जिल्लामा महिला सदस्यहरुको सदस्यता वृद्धि गर्नुका साथै १२ वटै स्थानीय तहमा संगठनलाई चलायमान बनाएर लैजाने निर्णय भएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुले पार्टीले लिएको नीतिलाई अवलम्वन गर्दै गाउँसम्म जानुपर्नेमा जोड दिनुभयो । बैठकमा १२ वटै स्थानीय तहमा संगठनको अवस्थाका बारेमा रिपोटिङ गरिएको थियो ।

बैठकमा अनेमसंघ क्रान्तीकारीका जिल्ला इन्चार्ज लीला थापा, पाटीका केन्द्रिय सदस्य वीरबहादुर कार्की, जिल्ला संयोजक तेजिन्द्र सलामी, दलित महिला संघकी केन्द्रिय सदस्य सीता विश्वकर्मालगायतको उपस्थित रहेको थियो ।

बैठकको सञ्चालन अनेमसंघ क्रान्तीकारीकी तारा खनालले गर्नुभएको थियो ।

नारी दिवसमा कालीगण्डकीका १७ जना ज्येष्ठ महिलालाई सम्मान

0

फागुन २४,२०८१गुल्मी : ११५ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा कालीगण्डकी गाउँपालिकाले ६० वर्ष माथिका १७ जना महिलालाई सम्मान गरेको छ ।

दिवसको अवसर पारेर ६० वर्ष माथिका १७ जना महिलाहरुलाई सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो । पालिका भित्रका ज्येष्ठ महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूहरुलाई खुसी लागेको उहाँको भनाइ छ ।

पहिले चुलोचौकोमा मात्र सीमित महिलाहरु अहिले स्थानीय सरकारसँगै राज्य सत्ता हाक्न सक्ने भइसकेको उहाँको भनाइ छ । अझैँ पनि सहज रुपमा महिलाहरुलाई नेतृत्व दिन आनाकानी हुने गरेको बताउँदै अधिकार प्राप्त गर्नका लागि डटेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा महिलाहरुले आफूहरुको प्रतिभा प्रस्तुत गरेका थिए । महिला हक अधिकारका साथै महिलामाथि हुने हिंसाको बारेमा अन्र्तक्रियासमेत गरिएको थियो । सोही कार्यक्रममा विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम पालिकाको सभाहल कनौटामा भएको थियो ।

गुल्मीमा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पौडेल पक्राउ

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

अनिल खत्री
फागुन १५,२०८१ गुल्मीः गुल्मीमा नाबालिकालाई जबर्जस्ती करणी आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर( १ बस्ने ५७ वर्षका फर्सुराम पौडेललाई नाबालका आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।

पौडेलले अमरकल्याण महिला बिकाश बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी नाबालिका बर्ष ११ की परिवर्तित नाम ४६ रुरुक्षेत्र ४ लाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनि राखेका प्रहरीले जनाएको छ। संस्था बाट मिति २०७६ सालको मंसिर १५ गते आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएको बताइएको छ।

२०७७ सालको जेष्ठ महिनामा निजले बालिकालाई ललाई फकाई डर धाक दिई जबर्जस्ती करणी गरेकोमा हाल संरक्षणमा रहेको स्थान एसोएस वालग्राम भैरहवामा सो कुरा बताए पछि पक्राउ गरिएको डिएसपी दाहालले बताउनुभयो ।

पौडेललाई जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।