अनेम संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक सम्पन्न

0
43

फागुन २६,२०८१ गुल्मी : अखिल नेपाल महिला संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक तम्घासमा सम्पन्न भएको छ ।

जिल्ला संयोजक गीता थापाको अध्यक्षतामा भएको बैठकले आगामी चैत २० मा नेपालगञ्जमा हुने लुम्बिनी प्रदेशको सम्मेलनलाई सफल बनाउनका लागि ब्यापक प्रचार प्रसार गर्ने र जिल्लाबाट ६० जना प्रतिनिधि पठाउने निर्णय भएको हो । यसका साथै जिल्लामा महिला सदस्यहरुको सदस्यता वृद्धि गर्नुका साथै १२ वटै स्थानीय तहमा संगठनलाई चलायमान बनाएर लैजाने निर्णय भएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुले पार्टीले लिएको नीतिलाई अवलम्वन गर्दै गाउँसम्म जानुपर्नेमा जोड दिनुभयो । बैठकमा १२ वटै स्थानीय तहमा संगठनको अवस्थाका बारेमा रिपोटिङ गरिएको थियो ।

बैठकमा अनेमसंघ क्रान्तीकारीका जिल्ला इन्चार्ज लीला थापा, पाटीका केन्द्रिय सदस्य वीरबहादुर कार्की, जिल्ला संयोजक तेजिन्द्र सलामी, दलित महिला संघकी केन्द्रिय सदस्य सीता विश्वकर्मालगायतको उपस्थित रहेको थियो ।

बैठकको सञ्चालन अनेमसंघ क्रान्तीकारीकी तारा खनालले गर्नुभएको थियो ।

SHARE