गुल्मीमा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पौडेल पक्राउ

0
42
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

अनिल खत्री
फागुन १५,२०८१ गुल्मीः गुल्मीमा नाबालिकालाई जबर्जस्ती करणी आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर( १ बस्ने ५७ वर्षका फर्सुराम पौडेललाई नाबालका आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।

पौडेलले अमरकल्याण महिला बिकाश बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी नाबालिका बर्ष ११ की परिवर्तित नाम ४६ रुरुक्षेत्र ४ लाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनि राखेका प्रहरीले जनाएको छ। संस्था बाट मिति २०७६ सालको मंसिर १५ गते आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएको बताइएको छ।

२०७७ सालको जेष्ठ महिनामा निजले बालिकालाई ललाई फकाई डर धाक दिई जबर्जस्ती करणी गरेकोमा हाल संरक्षणमा रहेको स्थान एसोएस वालग्राम भैरहवामा सो कुरा बताए पछि पक्राउ गरिएको डिएसपी दाहालले बताउनुभयो ।

पौडेललाई जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE