
तिलाचन पाण्डे
चैत ६,२०८१ गुल्मीः हीमा गौतम स्मृती कोषले इस्माको अमरपुरमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।


कोषले बुधबार तम्घासमा पत्रकार सम्मेलन गरी यहि चैत २८ र २९ गते विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कोषका अध्यक्ष नारायण पराजुलीले जानकारी दिनुभयो ।
विगतदेखी नै यस संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै ग्रामीणस्तरका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको उहाँको भनाइ छ । शिविरमा मिर्गौला रोग विशेषज्ञ,स्त्रीरोग विशेषज्ञ,हाडजोर्नी रोग विशेषज्ञसहित तीन तीन जना मेडिकल डाक्टर र मेडिकल अधिकृतहरुको सहभागिता रहने छ ।

शिविरमा ल्याव, भिडियो एक्सरे ,परामर्शका साथै निःशुल्क औषधिको ब्यबस्था गरिएको संस्थापक सदस्य सुरेशचन्द्र गौतमले जानकारी दिनुभयो । निःशुल्क वृहत शिविरबाट सेवा लिन इश्मावासी तथा छिमेकी पालिकाका नागरिकहरुलाई उहाँले आग्रह गर्नुभएको छ ।
कोषले त्यस क्षेत्रका विद्यालयहरुमा अध्ययन गर्ने विपन्न,दलित विद्यार्थीहरुका लागि छात्रवृत्ति , शैक्षिक सामग्री , पोषाकलगायतका सामग्रीहरु प्रदान गर्दै आएको जनाएको छ ।