
तिलाचन पाण्डे
चैत ५,२०८१ गुल्मीः गुल्मीको श्रृङगेश्वर क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तीकारीको प्यानलनै बिजयी भएको छ ।


चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त प्यानलबाट निर्वाचनमा होमिएका नेत्रप्रसाद ज्ञवालीलाई पराजित गर्दै क्रान्तीकारीका बिशाल थापा बिजयी हुनुभएको हो । कुल खसेको १०६ मतमा थापाले ६५ मत प्राप्त गर्नुभएको थियो भने ज्ञवालीले ४१ मत ल्याउनुभएको हो ।
यस्तै सचिवमा पुष्पा कुँवर,कोषाध्यक्षमा सिर्जना बस्याल र सदस्यहरुमा विपना थापा, अप्सरा परियार र दया पौडेल विजयी भएको निर्वाचन अधिकृत लक्ष्मणप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यसैगरी समानुपातिक तर्फ पनि अखिल क्रान्तीकारी नै विजयी भएको छ ।

क्रान्तकिारीले ५८ मत प्राप्त गरेको थियो भने संयुक्त प्यानलले ४७ मत प्राप्त गरेको थियो । एक मत बदर भएको निर्वाचन समितिले जनाएको