नारी दिवसमा कालीगण्डकीका १७ जना ज्येष्ठ महिलालाई सम्मान

0
33

फागुन २४,२०८१गुल्मी : ११५ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा कालीगण्डकी गाउँपालिकाले ६० वर्ष माथिका १७ जना महिलालाई सम्मान गरेको छ ।

दिवसको अवसर पारेर ६० वर्ष माथिका १७ जना महिलाहरुलाई सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो । पालिका भित्रका ज्येष्ठ महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूहरुलाई खुसी लागेको उहाँको भनाइ छ ।

पहिले चुलोचौकोमा मात्र सीमित महिलाहरु अहिले स्थानीय सरकारसँगै राज्य सत्ता हाक्न सक्ने भइसकेको उहाँको भनाइ छ । अझैँ पनि सहज रुपमा महिलाहरुलाई नेतृत्व दिन आनाकानी हुने गरेको बताउँदै अधिकार प्राप्त गर्नका लागि डटेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा महिलाहरुले आफूहरुको प्रतिभा प्रस्तुत गरेका थिए । महिला हक अधिकारका साथै महिलामाथि हुने हिंसाको बारेमा अन्र्तक्रियासमेत गरिएको थियो । सोही कार्यक्रममा विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम पालिकाको सभाहल कनौटामा भएको थियो ।

SHARE