
असार ९,२०८३ काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ६०० ले घटेको छ भने चाँदी १४० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० र चाँदीको मूल्य चार हजार ५९० निर्धारण भएको छ ।
सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।












