हराएको पाँच महिनामा पुरुषको शव फेला

0
7

अनिल खत्री
२ चैत, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर(१ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो।

सुनार गत कात्तिक महिनादेखि घर परिवारको सम्पर्कमा नभएको र शनिबार दिउँसोस्थानीय भुसकत्ता सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेको दाहालले बताउनुभयो।

घरबाट केही नभनी ४ महिना अघि हिडेका सुनारको सबै तिर खोजी गरिदै आएको थियोे । सुनारलाइ घाँस काटन गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इस्मा गाउँपालिका वडानम्बर( १ का वडाअध्यक्ष शेरबहादुर कुँवरले बताउनुभयो ।

मृत फेला परेका सुनारको शव कंकाल मात्रै रहेको छ । निजले लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले पहिचान गरिएको डिएसपी दाहालले बताउनुभयो।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्ड प्रहरी खटिएको छ ।

SHARE