
फागुन २९,२०८१ गुल्मीः होलीमा इच्छा विपरीत रङ दल्ने कार्य गरेमा कारवाही गर्ने जिल्ला प्रशासनले चेतावनी दिएको छ ।


जिल्ला प्रशासनले एक सूचना जारी गर्दै फागु पर्व होलीमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने कार्य गरेमा प्रचलित कानून अनुसार कारवाही गरेरै छाड्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले दावी गर्नुभयो ।
होली पर्वलाई सभ्य तरिकाले मनाउन र कानूनले बन्देज गरेका कार्यहरु नगर्नका लागि प्रशासनले जिल्लाावासीहरुलाई आग्रह गरेको छ ।

सडका सवारी साधनलाई अवरोध गरी रकम असुल्नेलगायत कानूनले बन्देज गरेका कार्यहरु नगर्न नराउनका लागि पनि आग्रह गरिएको छ ।