Thursday, June 4, 2026

तम्घासको सडकमा गुडी रहेको ट्याक्टर पसलमा

0

 

 

असोज १० , २०७६ गुल्मी ः सदरमुकाम तम्घासको सडकमा चलिरहेको ट्याक्टर एक्कासी घरभित्र छिरेको छ ।
लु २ त ६३३ नं को टयाक्टर तम्घासको पुतली बजारमा रहेको कृष्ण सुनारको सुजना सुनचाँदी पसलमा छिरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एबं प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाका अनुसार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको बताउदै थप अनुसन्धान जारी रहेको बताए । सिसी टिभिको सहयोगमा अनुसन्धान कार्य जारी रहेको भन्दै पसलको क्षतीको बिबरण संकलन कार्य जारी रहेको दाबी गरे ।

तम्घासका मासु पसलले फोहोर ठाउँमा मासु काटने , सफा ठाउँमा राखेर बेच्ने गरेको खुलासा

0

 

तिलाचन पाण्डे
असोज १० , २०७६ गुल्मी ः चाडबाड आउदा देखावटी रुपमा मात्र अनुगमन गर्ने गरेको बजार अनुगमनमा क्रममा तम्घासमा संचालित मासु पसलहरुका फोहोरै फोहोरमा बध गर्ने र सफा ठाउँमा ल्याएर बेच्ने गरेको पाइएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका अधिकाशं मासु पसलहरु मापदण्ड विपरित सञ्चालन गरेको पाइएको छ । चाड पर्वलाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च,सहितको टोलीले तम्घासको बिभिन्न ठाउँमा मासु पसलहरु अनुगमन गरेको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेका मासु पसलहरुले फोहोर ठाउँमा काटने र सुग्गर ठाउँमा राखेर बेच्ने गरेको पाइएको छ । तम्घासका केहि मासु पसलहरुले मासु काटने स्थल अत्यन्तै फोहोरै फोहोर रहेको पाईको छ ।
तम्घासको बसपार्क क्षेत्रमा रहेका मासु पसलहरुले मासु काट्ने बथसालाहरु अत्यन्तै फोहोर गरि मासु काट्ने गरेको अनुगमन कर्ताले फेला पारेका थिए । अत्यन्तै फोहोर स्थनामा काट्ने गरेकाले अनुगमन कर्ताले तुरुन्तै सुधार गर्ने गरि कागज गरिएको रेसुङ्गा नगरपालिका अनुगमन समिति सदस्य शेर बहादुर कुँवरले जानकारी दिए ।
तम्घास बजारका १ दर्जन मासु पसलहरुमा अनुगमन गर्दा अनुगमनको क्रममा मासु पसलहरुले खसी, कुखुरा मासु एकै स्थानमा राखेको पाइएको थियो । बध गर्ने अधिकाशं स्थानहरु शौचालयको नजिकै भएको समेत अनुगमन समितिले फेला पारेको जनाएको छ ।
आगामी दिनमा फेरि गरिने अनुगमनमा सो अनुसार भेटिए कडा कारबाही समेत हुने अनुगमन समिति सदस्य कुँवरले बताए । मापदण्ड अनुसार सञ्चालन नगरे बिभिन्न मासु पसलहरुलाई कारवाहीको प्रक्रृया अगाडि बढाउने अनुगमन समितिले जनाएको छ ।
त्यस्तै तम्घास बजारका बिभिन्न स्थानका खाध्यन्न, होटलहरु, मिष्ठान्न लगायतका पसलहरुमा अनुगमन गरिएको हो । चाडपर्वमा बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हुदै आएको छ । अनुगमनको क्रममा केहि पसलहरुमा दर्ता नविकरण नगरेको, सबै समान एउटै पसलमा राखेर बिक्री गरेको गरेको पाइएको थियो ।

सुधार नभए पसलै बन्द गरिदिन्छौ ः प्रमुख प्रशासकीय अधिकृत
यता रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिले प्रारम्भिक चरणमा सुधार गर्नका सचेत गराएका छौ यदि सुधार नभए पसलनै बन्दगरिदिने चेतावनी दिएका छन् । चाडपर्बको समयमा मात्र अनुगमन होकी ? भन्ने प्रश्नमा मरासिनीले यसलाई उपभोक्ता हकहित संरक्षण ऐन २०७५ अनुसार कार्यबिधि बनाएर निरन्तर अनुगमन गरिने दाबी गरे ।

सात हजार घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

0

 

असोज १०, २०७६ नवलपरासी ः घुसको रकमसहित पश्चिम नवलपरासीमा सशस्त्रका सहायक हवल्दार पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल वेश क्याम्प सेमरीमा कार्यरत ज्ञानेन्द्र मौर्य ७ हजार घुस रकमसहित पक्राउ परेका हुन्। मौर्यलाई शुक्रबार दिउँसो २स्१५ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। प्रतापुर गाउँपालिका(२ मा रहेको किराना पसमा घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए। घुससहित पक्राउ परेका मौर्य लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका प्रवक्ता सुरेस भुषालले जानकारी दिए।

कृषि बैंकमा ह्‍याकिङमा संलग्न थप तीनजना पक्राउ

0

 

 

असोज १०, २०७६ काठमाडौं
कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा संलग्‍न भएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ। योसँगै कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपानेलाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याललाई पक्राउ गरेको छ। भट्टको कृषि बिकास बैंक कञ्चनपुर शाखास्थित खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेकी न्यौपानेको कृषि बिकास बैंक पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको भेटिएको छ। त्यही आधारमा उनीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । कञ्चनपुर र पर्वतबाट पक्राउ दुवैलाई प्रहरीले काठमाडौं ल्याइरहेको छ। बिहीबार स्याङ्जाबाट पक्राउ परेका निर्माण व्यवसायी रामकृष्ण भुसालले बयानमामा गणेशप्रसादको नाम लिएका थिए। त्यही आधारमा उनी पक्राउ परेका हुन्। रामकृष्णले बयानमा उनले पर्वत निवासी गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हालेको बताएका छन्। उनले पटक पटक ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालेको खुलाएका छन्।

सुनको मूल्य घट्यो

0

 

असोज १०, २०७६ काठमाडौंः सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ। बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला सुन ७० हजार ७०० रुपैयाँ रहेको थियो। चाँदी भने ८६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ।

आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

0

 

असोज १०, २०७६ काठमाडौं , नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्दैछ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ। यसपटक भने राष्ट्रबैंकको थापाथलीमा भने नयाँ नोट साट्न पाइने छैन्। राष्ट्र बैंकले थापाथलीमा नयाँ नोट सटहीको व्यवस्था नगरिएको जनाएको छ। एकजना व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक÷एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन्। त्यसभन्दा धेरै चाहिनेलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए।

किरियाबाट उम्कने खर्च नभएको परिवारलाई सहयोग

0

 

 

असोज २०७६ पाल्पा , स्याङ्जाको गल्याङ नगरपालिका–९ साङ्लीयास्थित मनमायाँ दमाइको परिवारलाई गल्याङ नगरपालिकाले राहतस्वरूप खाद्य सामग्री प्रदान गरेको छ। धर्मपति भीमबहादुर दमाईको निधनपछि विच्चलीमा परेको परिवारलाई नगरपालिकाले खाद्य सामग्री प्रदान गरेको हो। नगरपालिका उपप्रमुख देविसरा थापाले मनमायाँको घरमै पुगेर चामल, दाल, आलु, प्याज, तेल लगायतका सामग्री प्रदान गरेकी छन्। राहत प्रदान गर्दै नगरपालिका उपप्रमुख देविसरा थापाले आर्थिक घरपरिवारको खर्चपर्च चलाएका भिमबहादुरको निधनप्रति दुःख व्यक्त गरिन्। ुकाजकिरिया खर्चसमेत नभएको भन्ने थाहा भएपछि नगरपालिकाले तत्काललाई खाद्य सामग्री प्रदान गरेको होु उपप्रमुख थापाले भनिन् ुनगरपालिकाले आवश्यक थप सहयोग गर्ने छ।ु आर्थिक स्थिति निकै कमजोर भएका भीमबहादुरको घरमा विद्युत मिटरसमेत जडान भएको छैन्। उनीहरू अहिले पनि अध्यारोमा बस्न बाध्य भएका छन्। विद्युत जडानका लागि तत्काल पहल गरिदिने उनले बताइन्। ुकाजकिरियमा बसेका छौं संस्कारअनुसार कसरी उम्कने हो भन्ने चिन्तामा थियौँु मनमायाँले भनिन् ुनगरपालिकाले दिएको सहयोगले ठूलो राहत मिलेको छ। जसतासो उम्कीने पाइने भयो खुसी लागेको छ।ु ‘देवलडाँडा बुटे दमाई’ को नामबाट परिचित भीमबहादुर दमाईले साङ्लिया र छिमेकीको हलो, जुवासहितका कृषि औजार निर्माण गर्ने र हलिको काम गरेर परिवार पाल्दै आएका थिए। गोठालो गर्ने क्रममा भीमबहादुर एकहप्ता अघि गोठमा मृत अवस्थामा फेला परेका थिए। अहिले परिवारमा उनको धर्मपत्नी मनमायाँ दमाइ सहित एक छोरा र पाँच छोरी रहेका छन्। भीमबहादुरको निधनपछि अहिले सिंगो परिवार साँझबिहान के खाने भन्नेमा चिन्तित छन्।

गुल्मीमा ५ जना डेगुंका बिरामी

0

 

तिलाचन पाण्डे
असोज १० , २०७६ गुल्मी ः गुल्मी जिल्लाको सत्यावती गाउँपालिकामा ५ जना डेगुंका बिरामी देखा परेका छन् ।
गाउँपालिका भित्रका स्थानीय ५ जनामा डेगुंका बिरामीहरु देखा परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा ः शिला ढकालले जानकारी दिइन् । ५ जना मध्ये तीन जनाको स्वास्थ्यकेन्द्रमा नै उपचार संभब रहेको र अन्य दूई जनाको बुटवलमा उपचार भइरहेको ढकालले जानकारी दिइन् ।
यता गुल्मी अस्पतालका निमित्त डा ः कबिराज भुसालका अनुसार सत्यावतीमा बाहेक हालसम्म डेगुं रोगका बिरामीहरु देखा नपरेको बताए । सधै देखिने लामखुट्टे भन्दा पाटा परेको लामखुट्टेले बिशेषगरी दिउँसोको समयमा टोक्ने भएकाले शरीरमा फुल कपडाहरु लगाउन , सुत्दा झुलको प्रयोग गर्न र लामखुट्टे आउने र लाग्ने बाताबरण नै तयार नगर्न आग्रह गरेका छन् ।

समाचार प्रभाब

0

 

 

 

तिलाचन पाण्डे
असोज ९ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवाका प्रितम थापाले बसाइसराई गरेको प्रमाणपत्र लिँदा ६ हजार रुपैया तिर्नुपरेको समाचार खबर मार्केट डटकममा प्रकाशन भए पश्चात संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफनो ध्यान आकर्षण भएको जनाएको छ ।

 


मन्त्रालयले राजश्व निर्धारणको आधार बास्तबिक केहो भन्दै यर्थाथ जानकारी उपलब्ध गराउन भन्दै मन्त्रालयले आग्रह गरेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीबलाल भुसालका अनुसार स्थानीय सरकारले गल्ती गर्नु हुन्न भन्ने हाम्रो मान्यता हो यसको बारेमा स्थानीय सरकार नै जिम्मेबार बन्नु पर्नेमा जोड दिए ।
उनले ३५ दिन भित्र ब्याक्तिगत घटना दर्ताको निशुल्क हुने र त्य पश्चातको शुल्क ५० रुपैयाँ भएकाले त्यस बिपरित गर्ने कार्य गैर जिम्ेबार भएको दाबी गरे ।
चन्द्रकोट गाउँपालिकाका प्रमुख दोर्ण खत्रीले पहिले बँसाइ सराईको दर कम गर्नका लागि भन्दै ६ हजार लिने राजश्व परामर्श समितिको बैठककले निर्णय गरेको जानकारी दिदै पछि ६ हजारबाट घटाइ ३०० रुपैयाँ लिने निर्णय गरेको जानकारी दिए ।

गुल्मीमा फोटो प्रर्दशन प्रतियोगिता हुने

0

 

 

तिलाचन पाण्डे
असोज ९ ,२०७६ गुल्मी ः नेपाल भर्मण बर्ष २०२० लाई सफल बनाउनका लागि गुल्मीका धार्मिक स्थल , पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
गुल्मी उधोग बाणिज्य संघ गुल्मीको आयोजनामा आगामी कार्तिक १६ गते देखि २२ गतेसम्म फोटोप्रर्दशन प्रतियोगिताको आयोजना गरिएको उधोग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । भलामीका अनुसार गुल्मी जिल्लाका धार्मिक स्थलहरु र पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन आयोजना गरिएको जानकारी दिए ।
फोटो प्रर्दशन प्रतियोगितामा प्रथम हुनेले १५ हजार , द्रोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ७ हजार पुरस्कारको ब्यबस्था गरिएको उधोग बाािण्ज्य संघ गुल्मीका माहासचिब तारा प्रसाद भुसालले जानकारी दिए ।