तम्घासका मासु पसलले फोहोर ठाउँमा मासु काटने , सफा ठाउँमा राखेर बेच्ने गरेको खुलासा

0
472

 

तिलाचन पाण्डे
असोज १० , २०७६ गुल्मी ः चाडबाड आउदा देखावटी रुपमा मात्र अनुगमन गर्ने गरेको बजार अनुगमनमा क्रममा तम्घासमा संचालित मासु पसलहरुका फोहोरै फोहोरमा बध गर्ने र सफा ठाउँमा ल्याएर बेच्ने गरेको पाइएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका अधिकाशं मासु पसलहरु मापदण्ड विपरित सञ्चालन गरेको पाइएको छ । चाड पर्वलाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च,सहितको टोलीले तम्घासको बिभिन्न ठाउँमा मासु पसलहरु अनुगमन गरेको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेका मासु पसलहरुले फोहोर ठाउँमा काटने र सुग्गर ठाउँमा राखेर बेच्ने गरेको पाइएको छ । तम्घासका केहि मासु पसलहरुले मासु काटने स्थल अत्यन्तै फोहोरै फोहोर रहेको पाईको छ ।
तम्घासको बसपार्क क्षेत्रमा रहेका मासु पसलहरुले मासु काट्ने बथसालाहरु अत्यन्तै फोहोर गरि मासु काट्ने गरेको अनुगमन कर्ताले फेला पारेका थिए । अत्यन्तै फोहोर स्थनामा काट्ने गरेकाले अनुगमन कर्ताले तुरुन्तै सुधार गर्ने गरि कागज गरिएको रेसुङ्गा नगरपालिका अनुगमन समिति सदस्य शेर बहादुर कुँवरले जानकारी दिए ।
तम्घास बजारका १ दर्जन मासु पसलहरुमा अनुगमन गर्दा अनुगमनको क्रममा मासु पसलहरुले खसी, कुखुरा मासु एकै स्थानमा राखेको पाइएको थियो । बध गर्ने अधिकाशं स्थानहरु शौचालयको नजिकै भएको समेत अनुगमन समितिले फेला पारेको जनाएको छ ।
आगामी दिनमा फेरि गरिने अनुगमनमा सो अनुसार भेटिए कडा कारबाही समेत हुने अनुगमन समिति सदस्य कुँवरले बताए । मापदण्ड अनुसार सञ्चालन नगरे बिभिन्न मासु पसलहरुलाई कारवाहीको प्रक्रृया अगाडि बढाउने अनुगमन समितिले जनाएको छ ।
त्यस्तै तम्घास बजारका बिभिन्न स्थानका खाध्यन्न, होटलहरु, मिष्ठान्न लगायतका पसलहरुमा अनुगमन गरिएको हो । चाडपर्वमा बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हुदै आएको छ । अनुगमनको क्रममा केहि पसलहरुमा दर्ता नविकरण नगरेको, सबै समान एउटै पसलमा राखेर बिक्री गरेको गरेको पाइएको थियो ।

सुधार नभए पसलै बन्द गरिदिन्छौ ः प्रमुख प्रशासकीय अधिकृत
यता रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिले प्रारम्भिक चरणमा सुधार गर्नका सचेत गराएका छौ यदि सुधार नभए पसलनै बन्दगरिदिने चेतावनी दिएका छन् । चाडपर्बको समयमा मात्र अनुगमन होकी ? भन्ने प्रश्नमा मरासिनीले यसलाई उपभोक्ता हकहित संरक्षण ऐन २०७५ अनुसार कार्यबिधि बनाएर निरन्तर अनुगमन गरिने दाबी गरे ।

SHARE