समाचार प्रभाब

0
472

 

 

 

तिलाचन पाण्डे
असोज ९ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवाका प्रितम थापाले बसाइसराई गरेको प्रमाणपत्र लिँदा ६ हजार रुपैया तिर्नुपरेको समाचार खबर मार्केट डटकममा प्रकाशन भए पश्चात संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफनो ध्यान आकर्षण भएको जनाएको छ ।

 


मन्त्रालयले राजश्व निर्धारणको आधार बास्तबिक केहो भन्दै यर्थाथ जानकारी उपलब्ध गराउन भन्दै मन्त्रालयले आग्रह गरेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीबलाल भुसालका अनुसार स्थानीय सरकारले गल्ती गर्नु हुन्न भन्ने हाम्रो मान्यता हो यसको बारेमा स्थानीय सरकार नै जिम्मेबार बन्नु पर्नेमा जोड दिए ।
उनले ३५ दिन भित्र ब्याक्तिगत घटना दर्ताको निशुल्क हुने र त्य पश्चातको शुल्क ५० रुपैयाँ भएकाले त्यस बिपरित गर्ने कार्य गैर जिम्ेबार भएको दाबी गरे ।
चन्द्रकोट गाउँपालिकाका प्रमुख दोर्ण खत्रीले पहिले बँसाइ सराईको दर कम गर्नका लागि भन्दै ६ हजार लिने राजश्व परामर्श समितिको बैठककले निर्णय गरेको जानकारी दिदै पछि ६ हजारबाट घटाइ ३०० रुपैयाँ लिने निर्णय गरेको जानकारी दिए ।

SHARE