गुल्मीमा फोटो प्रर्दशन प्रतियोगिता हुने

0
336

 

 

तिलाचन पाण्डे
असोज ९ ,२०७६ गुल्मी ः नेपाल भर्मण बर्ष २०२० लाई सफल बनाउनका लागि गुल्मीका धार्मिक स्थल , पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
गुल्मी उधोग बाणिज्य संघ गुल्मीको आयोजनामा आगामी कार्तिक १६ गते देखि २२ गतेसम्म फोटोप्रर्दशन प्रतियोगिताको आयोजना गरिएको उधोग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । भलामीका अनुसार गुल्मी जिल्लाका धार्मिक स्थलहरु र पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन आयोजना गरिएको जानकारी दिए ।
फोटो प्रर्दशन प्रतियोगितामा प्रथम हुनेले १५ हजार , द्रोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ७ हजार पुरस्कारको ब्यबस्था गरिएको उधोग बाािण्ज्य संघ गुल्मीका माहासचिब तारा प्रसाद भुसालले जानकारी दिए ।

SHARE