सात हजार घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

0
904

 

असोज १०, २०७६ नवलपरासी ः घुसको रकमसहित पश्चिम नवलपरासीमा सशस्त्रका सहायक हवल्दार पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल वेश क्याम्प सेमरीमा कार्यरत ज्ञानेन्द्र मौर्य ७ हजार घुस रकमसहित पक्राउ परेका हुन्। मौर्यलाई शुक्रबार दिउँसो २स्१५ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। प्रतापुर गाउँपालिका(२ मा रहेको किराना पसमा घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए। घुससहित पक्राउ परेका मौर्य लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका प्रवक्ता सुरेस भुषालले जानकारी दिए।

SHARE