गुल्मीमा ५ जना डेगुंका बिरामी

0
449

 

तिलाचन पाण्डे
असोज १० , २०७६ गुल्मी ः गुल्मी जिल्लाको सत्यावती गाउँपालिकामा ५ जना डेगुंका बिरामी देखा परेका छन् ।
गाउँपालिका भित्रका स्थानीय ५ जनामा डेगुंका बिरामीहरु देखा परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा ः शिला ढकालले जानकारी दिइन् । ५ जना मध्ये तीन जनाको स्वास्थ्यकेन्द्रमा नै उपचार संभब रहेको र अन्य दूई जनाको बुटवलमा उपचार भइरहेको ढकालले जानकारी दिइन् ।
यता गुल्मी अस्पतालका निमित्त डा ः कबिराज भुसालका अनुसार सत्यावतीमा बाहेक हालसम्म डेगुं रोगका बिरामीहरु देखा नपरेको बताए । सधै देखिने लामखुट्टे भन्दा पाटा परेको लामखुट्टेले बिशेषगरी दिउँसोको समयमा टोक्ने भएकाले शरीरमा फुल कपडाहरु लगाउन , सुत्दा झुलको प्रयोग गर्न र लामखुट्टे आउने र लाग्ने बाताबरण नै तयार नगर्न आग्रह गरेका छन् ।

SHARE