किरियाबाट उम्कने खर्च नभएको परिवारलाई सहयोग

0
367

 

 

असोज २०७६ पाल्पा , स्याङ्जाको गल्याङ नगरपालिका–९ साङ्लीयास्थित मनमायाँ दमाइको परिवारलाई गल्याङ नगरपालिकाले राहतस्वरूप खाद्य सामग्री प्रदान गरेको छ। धर्मपति भीमबहादुर दमाईको निधनपछि विच्चलीमा परेको परिवारलाई नगरपालिकाले खाद्य सामग्री प्रदान गरेको हो। नगरपालिका उपप्रमुख देविसरा थापाले मनमायाँको घरमै पुगेर चामल, दाल, आलु, प्याज, तेल लगायतका सामग्री प्रदान गरेकी छन्। राहत प्रदान गर्दै नगरपालिका उपप्रमुख देविसरा थापाले आर्थिक घरपरिवारको खर्चपर्च चलाएका भिमबहादुरको निधनप्रति दुःख व्यक्त गरिन्। ुकाजकिरिया खर्चसमेत नभएको भन्ने थाहा भएपछि नगरपालिकाले तत्काललाई खाद्य सामग्री प्रदान गरेको होु उपप्रमुख थापाले भनिन् ुनगरपालिकाले आवश्यक थप सहयोग गर्ने छ।ु आर्थिक स्थिति निकै कमजोर भएका भीमबहादुरको घरमा विद्युत मिटरसमेत जडान भएको छैन्। उनीहरू अहिले पनि अध्यारोमा बस्न बाध्य भएका छन्। विद्युत जडानका लागि तत्काल पहल गरिदिने उनले बताइन्। ुकाजकिरियमा बसेका छौं संस्कारअनुसार कसरी उम्कने हो भन्ने चिन्तामा थियौँु मनमायाँले भनिन् ुनगरपालिकाले दिएको सहयोगले ठूलो राहत मिलेको छ। जसतासो उम्कीने पाइने भयो खुसी लागेको छ।ु ‘देवलडाँडा बुटे दमाई’ को नामबाट परिचित भीमबहादुर दमाईले साङ्लिया र छिमेकीको हलो, जुवासहितका कृषि औजार निर्माण गर्ने र हलिको काम गरेर परिवार पाल्दै आएका थिए। गोठालो गर्ने क्रममा भीमबहादुर एकहप्ता अघि गोठमा मृत अवस्थामा फेला परेका थिए। अहिले परिवारमा उनको धर्मपत्नी मनमायाँ दमाइ सहित एक छोरा र पाँच छोरी रहेका छन्। भीमबहादुरको निधनपछि अहिले सिंगो परिवार साँझबिहान के खाने भन्नेमा चिन्तित छन्।

SHARE