कृषि बैंकमा ह्‍याकिङमा संलग्न थप तीनजना पक्राउ

0
412

 

 

असोज १०, २०७६ काठमाडौं
कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा संलग्‍न भएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ। योसँगै कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपानेलाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याललाई पक्राउ गरेको छ। भट्टको कृषि बिकास बैंक कञ्चनपुर शाखास्थित खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेकी न्यौपानेको कृषि बिकास बैंक पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको भेटिएको छ। त्यही आधारमा उनीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । कञ्चनपुर र पर्वतबाट पक्राउ दुवैलाई प्रहरीले काठमाडौं ल्याइरहेको छ। बिहीबार स्याङ्जाबाट पक्राउ परेका निर्माण व्यवसायी रामकृष्ण भुसालले बयानमामा गणेशप्रसादको नाम लिएका थिए। त्यही आधारमा उनी पक्राउ परेका हुन्। रामकृष्णले बयानमा उनले पर्वत निवासी गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हालेको बताएका छन्। उनले पटक पटक ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालेको खुलाएका छन्।

SHARE