असोज ११, २०७६ दाङ दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। शनिबार बेलुका घोराहीको बालमन्दिरमा बसले मोटरसाइकललाई ठक्कर दिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घोराही उपमहानगरपालिका १४ बालमन्दिर नजिकै घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ बस्ने १७ वर्षीय प्रदिप जि।सीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनामा परि घाइते भएका जिसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए। घटनामा परी मोटरसाईकलमा सवार जिल्ला दाङ घोराही उपमहानगरपालिका १५ बस्ने १६ वर्षका सन्तोष चौधरी गम्भीर घाइते भएको प्रहरीले बताएको छ।
सत्ताकेन्द्रीत राजनीतिले जनतामा निरासा छायो मुख्यमन्त्री पोखरेल
असोज ११, २०७६ प्यूठान , प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रको समृद्धि र जनताको प्रगति भन्दा पनि पार्टी र सत्ता केन्द्रीत राजनीतिका कारण जनतालाई भ्रम फैलाउँदै निरास उत्पन्न गराएको टिप्पणी गरे। पछिल्लो समयमा जनतामा छाएको निरासा सत्य नभई सत्ताकेन्द्रीत अराजनीतिक तत्वबाट छरिएको भ्रम मात्रै भएको बताए। प्यूठान नगरपालिका ४ विजुवारमा शनिबार शहीद उमेश चन्द्र प्रतिष्ठानको समुदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले अढाई सय बर्ष चलेको एकतन्त्रात्मक शासन प्रणालीलाई गणतान्त्रिक र जनताको शासन प्रद्धतिमा ढाली समृद्ध नेपालको सपना बोकेर संघर्ष गरेका सपुतहरूको सपना पूरा गर्न लागि परेको भएपछि प्रतिपक्षले छरेको भ्रमबाट भ्रममा परी निरासा हुनु भन्दा तथ्यांकमा बिश्लेषण गर्न आग्रह गरे। ‘करिव ५ कुल ग्राहस्थ उत्पादन दर भएको नेपालमा कम्युनिष्ट सरकारको पालामा ७१ कुल ग्राहस्थ उत्पादन आर्थिक बृद्धि हुन् पुगेको छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रतिपक्षले भने कम्युनिष्ट सरकारले केही गरेन भन्नु विकासको मतलव नभई सत्ताको लागि मात्रै गरेको राजनीति जस्तो देखिन्छ।’ मुख्यमन्त्री पोखरेलले दुईसय वर्ष पुरानो सामन्ती राज्यतन्त्रलाई फेरि नेपालमा फर्काउने सपना नदेख्न चेतावनी दिए। अढाई सय वर्षसम्म शासन गरेर प्रगति गर्न नसकेपछि जनताले आन्दोलनको बलमा राजसंस्थाको अन्त्य गरेको उनले बताएका हुन्। नेपाली समाजमा यतिबेला निरासाको खेति फैलाउने कार्य भइरहेको बताउदै उद्देश्यविहीन बिरोधको राजनीतिले समाजलाई परिवर्तन गर्न नसक्ने औल्याए। कम्युनिस्टले सरकारले सरकारले गरेको विकास देख्दा प्रतिपक्ष दल आत्तिएर अनावश्यक विरोध गर्नु आफ्नो आफ्नो पार्टीको अस्तित्व सकिने त्रासले सरकारको विरोध गरेको आरोप लगाए। संघीयताले राज्यको खर्च बढाएको गलत प्रचार गरिएको बताउँदै उनले संघीयताले जनताको खर्च बचाएको बताए। पहिले ससानो कामका लागि सदरमुकाम र राजधानी जानुपर्थ्यो। मुख्यमन्त्री पोखरेलले भने‘अचेल सबै काम गाउँमा हुन्छ। यसले जनताको समय र खर्च जोगाएको छ।’ शहीद उमेशचन्द्र थापाको स्मृतिमा प्यूठान नगरपालिका ४ गणतन्त्रिक खेल मैदान नजिकै भवन निर्माण गरिएको छ। भवन निर्माणका लागि नेकपा एमाले केन्द्रीय कार्यालयबाट २ लाख, जिल्ला कार्यालयबाट १ लाख १२ हजार, संविधान सभाका माननीय सदस्य बामदेव गौतम, हिराबहादुर केसी, धनबहादुर रायमाझी, पुनाराम थापा र दुर्गा पौडेलले तत्कालीन समयमा १५ लाख विनियोजन गरी त्यसपछि पनि लगातार दुई पटकसम्म १० र २० लाख गरी ३० लाख प्राप्त गरेसँगै भवन निर्माण कार्यको शुभारम्भ भएको थियो। त्यसैगरी सांसद दुर्गा पौडेल, कृष्णध्वज खड्का, हरि रिजाल र तारा जिसी स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमबाट ५० लाख विनियोजन गरेका थिए। शहीद प्रतिष्ठान निर्माणका लागि विजुवार निवासी लक्ष्मीप्रकाश राजभण्डारी, राजकुमार कक्षपति र केशव सुनारले जग्गा र हाम्रो राम्रो डेकोरका सञ्चालक सन्देश आचार्य र राज डेकोर होमका झविन्द्र शर्माले भवनमा आवश्यक फर्निचरका सामग्री सहयोग गरेको प्रतिष्ठानले जनाएको छ।
थाहा खबरबाट
एउटै कार्यालयबाट २२ जनाको दरबन्दी कटौती
असोज ११, २०७६ सल्यान , डिभिजन वन कार्यालय सल्यान र मातहत निकायमा रहेका २२ कर्मचारीको दरबन्दी कटौती भएको छ। ५३ जनाको दरबन्दी रहेको कार्यालयमा १८ बन रक्षक र ४ सहायक वन अधिकृतको दरबन्दी कटौती भएको हो। कर्मचारीको दरबन्दीको कतौटी भएपछि सेवा प्रवाह प्रभावित भएको छ। डिभिजन र ८ सव डिभिजनमा एक उपसचिव, ११ सहायक वन अधिकृत, ३२ वन रक्षक, १ रेन्जर,२ फरेस्टर, १ नायव सुब्वा एक खरिदार, एक लेखापालको दरबन्दी भएको कार्यालयमा कुनै छलफल विनै दरबन्दी कटौती भएको डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले बताए। अनाधिकृत दरबन्दी कटौती हुँदा कामकाज गर्न निकै समस्या भएको उनको भनाई छ। उनले भने, ‘एकातिर प्रदेश सरकारले भू–संरक्षण, पर्यटन, घरेलु, उद्योगको कार्यक्रम वन कार्यालयका थुपारेको छ उता कर्मचारी भारी मात्रामा कटौती गरि रहेको छ।’ प्रदेश सरकारको यस प्रकारको कार्यले कर्मचारीमा निरासा छाएको उनको भनाई छ। दरबन्दी कटौतीले वन क्षेत्रको काम प्रभावकारी नहुने र स्वीकृत कार्यक्रम पनि गर्न नसक्ने अवस्था आएको कार्कीको भनाई छ। उनले भने, ‘कर्मचारी नै नभएपछि कसरी काम हुन्छरु कसरी सफल हुन्छन् कार्यक्रमरु’
फरेस्टर घरेलुमा सरुवा
प्रदेश सरकारले डिभिजन वन कार्यालयका फरेस्टरलाई घरेलु तथा साना उद्योग विकास समितिमा सरुवा गरेको छ। कही नभएको जात्रा प्रदेश सरकारले गरेको कर्मचारीको आरोप छ। सम्बन्ध नै नभएको फरेस्टरलाई घरेलुमा सरुवा गरिँदा कस्तो प्रतिफल पाउन सकिएका प्रमुख कार्कीले बताए। उनले एक जना फरेस्टर र सुब्बालाई घरेलुमा काजमा सरुवा भएको उनको भनाई छ। काम घरेलुको गर्ने तलव चाही वन कार्यालयबाट खुवाउनु पर्ने बाध्यता रहेको बताए। वनको सरंक्षण गर्ने कार्यालयलाई पर्यटन सडक बनाउन निर्देशन दिनु, फरेस्टरलाई घरेलुमा सरुवा गर्नु, चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन थोरै दिन मात्र बाँकी रहदा समेत कार्यक्रम नपठाउनु, कर्मचारीको दरबन्दी कटौती गर्दै जानुले विकास होइन यथास्थितिमा रहने वातावरण समेत नरहेको डिभिजन प्रमुख कार्कीको भनाई छ।
थाहा खबरबाट
बाढीबाट भारतमा ४४ जनाको मृत्यु,
असोज ११, २०७६ , भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो। गत २४ देखि ४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ। “गएरातिसम्ममा मृत्यु हुनेको संख्या ४४ पुगेको पुष्टि भएको छ, सरकारी अधिकारीहरुले खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन्”, प्रकोप व्यवस्थापन प्रदेश कार्यालयका उपाध्यक्ष रवीन्द्र प्रताप साहीले एएफपीसँग भने। उनले बाढीबाट प्रभावित हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको र शरणार्थी शिविरहरुमा राखिएको पनि जानकारी दिए। प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन्।
थाहा खबरबाट
स्कुटर चोरी गर्ने एक जना पक्राउ
असोज ११ , २०७६ गुल्मी ः
गुल्मीको सदरमुकाम तम्घास बजारबाटै रोकिराखेको स्कुटर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं ६ अमरपुरका २७ बर्षिय तेज बहादुर कुमालले रेसुंगा नगरपालिका वडा नं २ उदिनढुंगाबाट स्कुटी चोरी गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । कुमाललाई प्रक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक मिन घलेले जानकारी दिए । घलेका अनुसार कुमालले मदिरा सेबन गरेको पाइएको र रोकी राखेको स्कुटर कुमालले हिडाइरहेका थिए ।
गुडिरहेको बसमा ढुङ्गाले लाग्दा ५ जना घाइते
असोज ११,२०७६ पाल्पा : पाल्पामा गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लागेर ५ जना घाइते भएका छन्। पाल्पादेखि बुटवलतर्फ जादै गरेको लु१ख ६१८० नम्बरको बसमा तिनाउ गाउपालिका-३ सिद्धबाबाको हेडबक्स नजिकै सनिबार दिउँसो साढे एकबजे माथीबाट ढुङ्गा खसेर लागेको हो। घाइते हुनेमा बस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ का ३५ वर्षीय कमल राउत, स्याङ्जाको वालिङ नगरपालिका-१४ का ३८ वर्षीया रोमादेवी डुम्रे, पाल्पाको तिनाउ गाउपालिका-६ का ५२ वर्षीय टिकाराम भण्डारी, माथागढी गाउपालिका-५ का २३ वर्षीय सन्तोष चौहान, भारत नौतुनाका २६ वर्षीया श्रीमाया साहानु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनका अनुसार घाइते मध्य चालकको अवस्था गम्भीर छ। घाइते सबैको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।
नौबिसे–नागढुंगा सडकमा निर्वाध रुपमा सवारी चल्न थाले
असोज ११, २०७६ काठमाडौं केही दिन यता लगातार जाम भएर सवारी आवागमन प्रभावित हुँदै आएको नौबिसे–नागढुंगा सडकमा शनिबार निर्वाध रुपमा सवारी साधन चलेका छन्। पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने यात्रुले हिजोसम्म घण्टौ जाममा बस्नुपरेको थियो। शनिबार बिहानदेखि भने सवारी आवागमनमा कुनै समस्या नभएको प्रहरीले जनाएको छ। दिउँसोको समयमा सडक मर्मत गर्दा हिजो लामो सयम जाम भएको थियो। राति र सवारी चाप कम भएका बेला मर्मत गर्ने व्यवस्था मिलाइएसँगै जाम हटेको हो। अहिले निर्वाध रुपमा सवारी साधन चलेको र जाम नरहेको धादिङ प्रहरी कार्यालयले जनाएको छ। यो सडकमा सवारी साधन बिग्रीएर, पहिरो खसेर, सडकमा खाल्डाखुल्डी भएर र सवारीसधानको अत्यधिक चाप हुँदा जाम लाग्ने गरेको छ।
थाहा खबरबाट
तीन दिनसम्म देशभर पानी पर्ने
असोज ११, २०७६ काठमाडौं देशका अधिकासं स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ। पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षासमेत हुने महाशाखाकी मौसमवीद् विभूती पोखरेलले जानकारी दिए। भारी बर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ। बिशेषगरी पूर्वी क्षेत्रमा दिउँसो भारी बर्षा हुनसक्ने भएकाले स्थानीयलाई सचेतना अपनाउन महाशाखाले भनेको छ। शनिबार दिउँसो र बेलुकीपख काठमाडौं उपत्यकामा पनि पानी पर्ने संभावना रहेको मौसमबीद् पोखरेललको भनाई छ। बंगालको जलबाष्पयुक्त बायु र न्युनचापिय रेखाका कारण केहिदिनयता मनसुनी गतिविधी सकृय भएको छ। मनसुनी गतिविधी सकृय भएका कारण अवको तीनदिनसम्मै देशभर पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।
संबिधान संशोधनका लागि गित गाइरहन्छौ ः नेता अशोक राई
तिलाचन पाण्डे
असोज ११ , २०७६ गुल्मी ः समाजबादी पाटीका नेता अशोक राईले संबिधान संशोधनका लागि सदन र सडकमा भाका मिलाएर गित गाइरहने बताएका छन् ।
समाजबादी पाटी गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राइले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान संशोधनका लागि लिखित रुपमा प्रतिबद्धता जनाएको भन्दै राईले संबिधान संशोधन आफनो पाटीको मुल एजेन्डा भएकाले भाका मिलाएरै गित गाइरहने बताएका हुन् ।
प्रधानमन्त्रीले संबिधान संशोधनका बारेमा दैनिक रुपमा गित गाइरहने बिषय नभएको भनिरहेका बेलामा राइले भने संशोधनको गित गाउन नछाडने दाबी गरे । सरकारमा पनि बस्ने र सरकारको पनि बिरोध गर्ने किन भन्ने प्रत्रकारको प्रश्नमा राईले संबिधान संशोधन हुन्छ भन्ने प्रतिबद्धताका साथ सरकारमा रहेको भन्दै संबिधान संशोधनका लागि प्रधानमन्त्रीले समय मागेका कारण प्रतिक्षामा रहेको दाबी गरे ।
अर्को एक फक प्रसङगमा राइले सरकारको अबस्तुबादी आश्वासनका कारण जनतामा निरासा छाएको दाबी गरे । सरकारले परिपक्व नभई जनतामा धेरै आश्वासनहरु बाडेको र आश्वासन अनुसार काम गर्न नसकेकाले जनतामा निरासा छाएको बताए ।
सरकार नै भ्रष्टाचारको डुबेको आरोप लगाउदै राइले त्यसका कारण सरकारप्रति अबिश्वास पैदा भएको बताए । सरकार जनतामा सुरक्षा दिन कमजोर भएको र केही मन्त्रीहरुको अपरिपक्वताका कारण पनि जनतामा आक्रोश पैदा भएको दाबी गरेका छन् । जसका कारण गुठी बिधेयक ल्याउदा , लोकसेवा संबन्धी बिधेयक र रबि लामिछानेको बिषयमा जनताहरु सडकमा आउन बाध्य भएको राइले दाबी गरे ।
संघिय सरकारले स्थानीय तहहरुलाई हस्तक्षेप गर्न नहुने भन्दै स्थानीय तहहरु प्रदेशको मातहतमा रहनु पर्नेमा राइले जोड दिएका छन् । संघिय सरकारले सीमा संबन्धी मुद्धा , परराष्ट्रनीति , हवाइसेवा , रेलसेवा र प्रदेशले संचालन गर्न नसक्ने बिषयमा समन्वय गर्नुपर्नेमा राइले जोड दिएका छन् ।


















