गुडिरहेको बसमा ढुङ्गाले लाग्दा ५ जना घाइते 

0
799

 

असोज ११,२०७६ पाल्पा : पाल्पामा गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लागेर ५ जना घाइते भएका छन्। पाल्पादेखि बुटवलतर्फ जादै गरेको लु१ख ६१८० नम्बरको बसमा तिनाउ गाउपालिका-३ सिद्धबाबाको हेडबक्स नजिकै सनिबार दिउँसो साढे एकबजे माथीबाट ढुङ्गा खसेर लागेको हो। घाइते हुनेमा बस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ का ३५ वर्षीय कमल राउत, स्याङ्जाको वालिङ नगरपालिका-१४ का ३८ वर्षीया रोमादेवी डुम्रे, पाल्पाको तिनाउ गाउपालिका-६ का ५२ वर्षीय टिकाराम भण्डारी, माथागढी गाउपालिका-५ का २३ वर्षीय सन्तोष चौहान, भारत नौतुनाका २६ वर्षीया श्रीमाया साहानु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनका अनुसार घाइते मध्य चालकको अवस्था गम्भीर छ।  घाइते सबैको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।

SHARE