स्कुटर चोरी गर्ने एक जना पक्राउ

0
334

 

 

असोज ११ , २०७६ गुल्मी ः
गुल्मीको सदरमुकाम तम्घास बजारबाटै रोकिराखेको स्कुटर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं ६ अमरपुरका २७ बर्षिय तेज बहादुर कुमालले रेसुंगा नगरपालिका वडा नं २ उदिनढुंगाबाट स्कुटी चोरी गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । कुमाललाई प्रक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक मिन घलेले जानकारी दिए । घलेका अनुसार कुमालले मदिरा सेबन गरेको पाइएको र रोकी राखेको स्कुटर कुमालले हिडाइरहेका थिए ।

SHARE