बर्दिया राष्ट्रिय निकुञ्‍ज घुम्‍ने पर्यटक बढे

0
666

 

असोज ११, २०७६ बर्दिया स् भ्रमण वर्ष नजिकिँदै गर्दा बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ। पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भएपनि हात्ती, गैँडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू संरक्षित छन्। बर्दिया निकुञ्जमा तिनै लोपोन्मुख वन्यजन्तु हेर्न पर्यटक पुग्ने गर्दछन्। बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले पर्यटन भ्रमण वर्ष नजिकिँदै गर्दा पर्यटकको संख्यासमेत बढ्न थालेको बताए। यस आर्थिक वर्षको अहिलेसम्म एक हजार २ सय २० जना पर्यटकहरूले निकुञ्ज भ्रमण गरेको भण्डारीले बताए। जसमा निकुञ्ज भ्रमण गर्ने पर्यटकमा नेपाली ८ सय ५२ जना, विदेशी ३ सय २१ जना तथा सार्क मुलुकका ४६ जना रहेको निकुञ्जले जनाएको छ। गत आर्थिक वर्ष २०७५र७६ मा आन्तरिक र बाह्य गरी झण्डै २५ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। विशेष गरि पर्यटकहरू बर्दिया बाघ हेर्न नै आउने गर्छन्। बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने पर्यटकले धेरैले बाघ देखेरै फर्किने गरेका छन्। पर्यटकहरू निकुञ्ज भ्रमणका लागी आउने क्रम बढ्दो छ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ुयो समय पर्यटकका लागि अति उत्तम समय पनि हो। मौषमका हिसाबले पनि यो समय अत्यन्तै महत्वपुर्ण मानिन्छ।ु यस्तै बर्दिया पर्यटनका हिसाबले समेत महत्वपूर्ण मानिन्छ। बर्दियाको पर्यटन पवर्द्धनका लागि हरेक पालिकाहरूले विशेष ध्यान दिन थालेका छन्। संरक्षणका हिसाबबाट पनि बर्दिया अगाडि नै रहेको छ। बर्दियाका स्थानीय बासीहरूको सहयोगमा संरक्षण कार्यमा सफलता हाँसिल गर्न सकिएको निकुञ्जले जनाएको छ।

SHARE