
कात्तिक ११,२०८२ बर्दिया : घाँस काट्न घरबाट हिडनु भएकी बर्दियाको मधुवन नगरपालिका– ३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली घर फर्किनुभएकी छैन ।
सोमबार दिउँसो भगरैया सामुदायीक वनमा जानुभएको नेपाली साँझसम्म घर नफर्केपछि खोजी सुरु भएको छ ।
नेपाली घाँस लिएर घर नर्फकेपछि सोमबार साँझदेखि खोजी सुरु भएको मधुवन नगरपालिका– ३ का वडाध्यक्ष नारायण मल्लले बताउनुभयो । उहाँका अनुसार प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी लगायतको टोलीले खोजी गरिरहेको छ ।

सो क्षेत्रमा पाटेबाघको गतिविधि देखिएको स्थानीयले बताएका छन् ।






