संबिधान संशोधनका लागि गित गाइरहन्छौ ः नेता अशोक राई

0
594

 

 

तिलाचन पाण्डे
असोज ११ , २०७६ गुल्मी ः समाजबादी पाटीका नेता अशोक राईले संबिधान संशोधनका लागि सदन र सडकमा भाका मिलाएर गित गाइरहने बताएका छन् ।
समाजबादी पाटी गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राइले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान संशोधनका लागि लिखित रुपमा प्रतिबद्धता जनाएको भन्दै राईले संबिधान संशोधन आफनो पाटीको मुल एजेन्डा भएकाले भाका मिलाएरै गित गाइरहने बताएका हुन् ।
प्रधानमन्त्रीले संबिधान संशोधनका बारेमा दैनिक रुपमा गित गाइरहने बिषय नभएको भनिरहेका बेलामा राइले भने संशोधनको गित गाउन नछाडने दाबी गरे । सरकारमा पनि बस्ने र सरकारको पनि बिरोध गर्ने किन भन्ने प्रत्रकारको प्रश्नमा राईले संबिधान संशोधन हुन्छ भन्ने प्रतिबद्धताका साथ सरकारमा रहेको भन्दै संबिधान संशोधनका लागि प्रधानमन्त्रीले समय मागेका कारण प्रतिक्षामा रहेको दाबी गरे ।
अर्को एक फक प्रसङगमा राइले सरकारको अबस्तुबादी आश्वासनका कारण जनतामा निरासा छाएको दाबी गरे । सरकारले परिपक्व नभई जनतामा धेरै आश्वासनहरु बाडेको र आश्वासन अनुसार काम गर्न नसकेकाले जनतामा निरासा छाएको बताए ।
सरकार नै भ्रष्टाचारको डुबेको आरोप लगाउदै राइले त्यसका कारण सरकारप्रति अबिश्वास पैदा भएको बताए । सरकार जनतामा सुरक्षा दिन कमजोर भएको र केही मन्त्रीहरुको अपरिपक्वताका कारण पनि जनतामा आक्रोश पैदा भएको दाबी गरेका छन् । जसका कारण गुठी बिधेयक ल्याउदा , लोकसेवा संबन्धी बिधेयक र रबि लामिछानेको बिषयमा जनताहरु सडकमा आउन बाध्य भएको राइले दाबी गरे ।
संघिय सरकारले स्थानीय तहहरुलाई हस्तक्षेप गर्न नहुने भन्दै स्थानीय तहहरु प्रदेशको मातहतमा रहनु पर्नेमा राइले जोड दिएका छन् । संघिय सरकारले सीमा संबन्धी मुद्धा , परराष्ट्रनीति , हवाइसेवा , रेलसेवा र प्रदेशले संचालन गर्न नसक्ने बिषयमा समन्वय गर्नुपर्नेमा राइले जोड दिएका छन् ।

SHARE