नौबिसे–नागढुंगा सडकमा निर्वाध रुपमा सवारी चल्न थाले

0
1031

 

 

असोज ११, २०७६ काठमाडौं केही दिन यता लगातार जाम भएर सवारी आवागमन प्रभावित हुँदै आएको नौबिसे–नागढुंगा सडकमा शनिबार निर्वाध रुपमा सवारी साधन चलेका छन्। पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने यात्रुले हिजोसम्म घण्टौ जाममा बस्नुपरेको थियो। शनिबार बिहानदेखि भने सवारी आवागमनमा कुनै समस्या नभएको प्रहरीले जनाएको छ। दिउँसोको समयमा सडक मर्मत गर्दा हिजो लामो सयम जाम भएको थियो। राति र सवारी चाप कम भएका बेला मर्मत गर्ने व्यवस्था मिलाइएसँगै जाम हटेको हो। अहिले निर्वाध रुपमा सवारी साधन चलेको र जाम नरहेको धादिङ प्रहरी कार्यालयले जनाएको छ। यो सडकमा सवारी साधन बिग्रीएर, पहिरो खसेर, सडकमा खाल्डाखुल्डी भएर र सवारीसधानको अत्यधिक चाप हुँदा जाम लाग्ने गरेको छ।

थाहा खबरबाट

SHARE