तीन दिनसम्म देशभर पानी पर्ने

0
374

 

असोज ११, २०७६ काठमाडौं देशका अधिकासं स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ। पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षासमेत हुने महाशाखाकी मौसमवीद् विभूती पोखरेलले जानकारी दिए। भारी बर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ। बिशेषगरी पूर्वी क्षेत्रमा दिउँसो भारी बर्षा हुनसक्ने भएकाले स्थानीयलाई सचेतना अपनाउन महाशाखाले भनेको छ। शनिबार दिउँसो र बेलुकीपख काठमाडौं उपत्यकामा पनि पानी पर्ने संभावना रहेको मौसमबीद् पोखरेललको भनाई छ। बंगालको जलबाष्पयुक्त बायु र न्युनचापिय रेखाका कारण केहिदिनयता मनसुनी गतिविधी सकृय भएको छ। मनसुनी गतिविधी सकृय भएका कारण अवको तीनदिनसम्मै देशभर पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।

SHARE